कपिलवस्तुको लाेहराैलामा थारु संस्कृति एवं परम्परागत त्रिवेणी मेला हुने ।

Monday, 28 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चाैधरी,,
कपिलवस्तु:= कपिलवस्तुको विजयनगर गाउँपालिका-२, लाेहराैलामा थारु संस्कृति एवम् परम्परागत त्रिवेणी मेला लाग्ने भएकाे छ । लाेहराैला गाउँ समाजकाे अायाेजनामा हुन लागेकाे मेला यहि माघ १९ गते देखि २१ गते सम्म चल्ने अायाेजकले बताएकाे छ ।

     "हम्मन भाषा अाे संस्कृति हमनके शान, थारु संस्कृति बचएना हमनके अभियान" भन्ने मुल नाराका साथ सञ्चालन हुने थारु संस्कृति एवम् परम्परागत त्रिवेणी मेला महाेत्सवका मुख्य अाकर्षणकाे रूपमा थारु पहिरन भेष भुषाकाे प्रदर्शनी, थारु नृत्यमा झुमरा, झर्रा, मयुर तथा झाँकी प्रदर्शन र साथै थारु खानाका परिकार लगायत परम्परागत हस्ताकला सामग्रीकाे प्रदर्शन रहने अायाेजकले बताएकाे छ । 

     त्यसैगरी मेलामा मनाेरञ्जनकाे मुख्य अाकर्षकणकाे रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूमा गायिका समिक्षा चाैधरी, गायक राेशन रत्गैंया, सरगम चाैधरी, दिपेन चाैधरी, उत्तम चाैधरी, सालिग्राम चाैधरी, राजेन्द्र चाैधरी, माेडल शर्मिला चाैधरी, गायिका रचना चाैधरी, गायक विशाल चाैधरी, गाैतम चाैधरी, माेडल चन्द्र चाैधरी र शंकर चाैधरी लगायत कलाकारहरूकाे बेजाेड प्रस्तुति रहने लाेहराैला गाउँ समाजका संयाेजक कृष्ण बहादुर थारुले बताए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu