अष्ट्रेलियामा थारु समुदायले माघ (माघी)भब्य मनाए । (लिङ्क खोली फोटो फिचर हेर्नुस,सेयर गर्नुस्)

Wednesday, 16 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
अष्ट्रेलिया := सिड्नीमा रहेका नेपाली थारु समुदायले माघी पर्व धूमधामका साथ मनाएका छन्। थारु समाज अस्ट्रेलियाको आयोजनामा टेम्पे रिक्रिएशन रिजर्भमा मङ्गलवार आयोजित महोत्सवमा परम्परागत रूपमा मनाइने माघी पर्वका केही महत्त्वपूर्ण पक्षहरूलाई पनि समेटिएको थियो।
अस्ट्रेलियामा नै पहिलो पटक आयोजना गरिएको माघी महोत्सवमा अवलोकनकर्ताहरूको उल्लेख्य भिड नभए पनि उपस्थित थारु र अन्य समुदायका मानिसहरूले थारु खाना र परम्परागत मदिरा 'छ्यांग' चाख्नुका साथै थारू गीतहरूमा प्रस्तुत नृत्यहरूको मजा लिएका थिए।

परम्परागत पोसाकमा आएकाहरू सँग फोटो खिच्ने होडबाजी 

महोत्सवमा विशेष खाना  थारु परिकार 
थारू समुदायको विशेष परिकार ढिकरी बनाउँदै
विशेष खाना खाँदै (सुँगुरको मासु, माछा, चटनी, आलुको अचार र ढिकरी)
चाकु कसरी बन्छ?
माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति, माघी वा घ्यो चाकु संल्हु जे भनेर चिनिए पनि आज नेपालमा घ्यू, चाकु, तिलौरी, तरुल, पिँडालु तथा शखरखण्ड खाएर रमाइलो गरी मनाइने दिन हो। यो चाड लेक-बेसी, तराई-पहाड सबैतिर बस्ने नेपालीहरूले आ-आफ्नै तरिकाले मनाउने गर्दछन्।

औपचारिक कार्यक्रम सुरु भएको अवस्तथा 
थारु समाज अस्ट्रेलियाका पब्लिक अफिसर अरुण चौधरी स्वागत मन्तव्य दिदैँ
नेपाल आदिवासी जनजाति मंच अस्ट्रेलिया (नेफिन) का  अध्यक्ष अरुण तामांग:"आफ्नो मन्तव्य राख्दै आदिवासीको हितमा बोलेकै कारण रेसम चौधरी जेल परे।"

कार्यक्रमका अन्य अतिथिहरूलाई पगरी र दोसल्ला ओढाएर स्वागत गरियो

सांस्कृतिक कार्यक्रमका झलकहरू  

कार्यक्रम स्थलमा देखिएका हाँसोहरू  

source :-sbs.com
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu