तामाङ समुदायले आयोजना गरेको सोनाम ल्होछार मलेसियामा भब्य सम्पन्न(फोटो फिचर सहित हेर्नुस्)

Wednesday, 6 February 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}


आशिष तामाङ,,
मलेसिया:=(मङ्गलबार) बैदेशिक रोजगारको सिलसिलामा मलेसिया आइपुइगेका सबैजाति समुदायका नेपालीहरु बीच उल्लासमय वातावरणमा ‘ल्होछार संगितिक धमाका–२०१९’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रम केन्द्रीय तामाङ समाज,म्हार र्म्हेन्दो कलाकार संघ र क्षेत्रीय तामाङ समाज पेनाङ को संयुक्त आयोजनामा गरिएको थियो ।
संसार भरी छरिएका तामाङहरु एक हौँ, हाम्रो भाषा धर्म र संस्कृति जगेर्ना गरौँ’ भन्ने मूल नाराका साथ तामाङ समाज मलेसिया म्हारम्हेन्दो कलाकार संघ, तामाङ समाज पेनाङको संयुक्त कार्यक्रम सम्पन्न भएको छ । २८५५ औ सोनाम ल्होछार फाग डुवा ल्हो (सुँगुर बर्ग) भव्यताका साथ सफल पारौं’‘ भन्ने मूल नाराका साथ ‘ल्होछार संस्कृतिक कार्यक्रम २०१९’ को आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मलेसिया का लागि राजदुत कुमार राज खरेलले गरेका छन्भने कार्यक्रममा विशेष अतिथिको रुपमा जनजाति महसंघ मलेसिया का आध्यक्ष रवीन राई थिए।
कार्यक्रममा संगितकार तथा गायक संजिब वाइबा, रचनाकार संगितकार तथा म्हेन्दोमाया गायिका मिना लामा थोकार, संगितकार तथा गायक प्रयास दोङ, राष्ट्रिय गायक सुरेश लामा, नायिका तथा मोडेल सुस्मा मोक्तान, नवा गायिका सजना रुम्बा तथा स्थानीय कलाकार को बेजोड प्रस्तुति रहेको छ । कार्यक्रमको सभापतिमा तामाङ समाज मलेसियाका अध्यक्ष टसि पाल्मो वाइबा रहेकी थिइन ।
सभापति टसि पाल्मो वाइबा ले सोनाम ल्होछार राष्ट्रिय पहिचान संग जोडिएको एक पर्व भएको बताउँदै ल्होछार कार्यक्रमको समापन भएको छ।
उक्त कार्यक्रममा मलेसियाम रहेको तामाङ र गैर तामाङहरुको बाक्लो उपस्थिति रहेको थियो भने पेनाङ क्षेत्र र जोहोर क्षेत्रबाट पनि बाक्लो उपस्थिति रहेको थियो।
फुर्वा दोर्जे मोक्तानको संयोजक र स्वागत मन्तब्य रहेको उक्त कार्यक्रम संचालन लमिन स्मृति वाइबाले गरेको थियो भने टसि पाल्मो वाइबाको सभापतित्वमा भब्य सम्पन्न भएको हो।






Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu