आदिवासी जनजातिमैत्री विकासका नीति र कार्यक्रम ल्याउन माग गर्दै संघीय र प्रदेश सरकारलाई ज्ञापनपत्र ।

Tuesday, 12 February 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
नेपाल आदिवासी जनजाति महासंघ नेवाः—ताम्सालिङ (प्रदेश नम्बर ३) समन्वय परिषदले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापन पत्र बुझाएको छ । 
महासंघका प्रदेश संयोजक काजीमान थिङ तामाङको नेतृत्वमा गएको टोलीले सोमबार मुख्यमन्त्री पौडेललाई विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको हो ।

आदिवासी जनजातिको आत्मनिर्णित विकासको आकाङ्क्षा अनुरुप आदिवासी जनजातिमैत्री विकासका नीति र कार्यक्रमहरु संघको १५ औं पञ्चबर्षिय योजना र प्रदेशको नीति, योजना र कार्यक्रममा समावेश गर्न माग गर्दै महासंघ नेवाः—ताम्सालिङ समन्वय परिषदले २० बुँदे ज्ञापनपत्र बुझाएको हो ।


तथ्याङ्क, समावेशीकरण, सामाजिक साँस्कृतिक विविधता, गरिबी निवारण तथा असमानता न्यूनीकरण, श्रम तथा रोजगारी, सभ्य तथा न्यायपूर्ण समाज, सामाजिक क्षेत्र, स्वास्थ्य तथ पोषण, पूर्वाधार क्षेत्र लगायतमा आदिवासी जनजातिमैत्री विकासका नीति र कार्यक्रम ल्याउन महासंघले संघीय र प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ ।

टोलीमा नेपाल आदिवासी जनजाति महासंघका मकवानपुर सहसचिव जंगबहादुर गुरुङ्ग, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका मकवानपुरका उपाध्यक्ष अशोकसुजन श्रेष्ठ, प्रदेश पार्षद दीलबहादुर लामा लगायतको सहभागिता रहेको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu