लैंगिक हिंसा विरुद्ध साहित्यिक सचेतनामूलक रचना वाचन कार्यक्रम सम्पन्न ।

Saturday, 8 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
राम अवतार चाैधरी,,
कपिलवस्तु:=  कपिलवस्तुको शिवराज न.पा.१, शिवपुर नेपाल अादर्श मा.वि.मा लैंगिक हिंसा विरुद्ध साहित्यिक सचेतनामूलक रचना वाचन कार्यक्रम सम्पन्न भएकाे छ । 

     "लैङ्गकि हिंसा दुव्र्यवहार, छैन् हामीलाई स्वीकार" भन्ने मुल नारा सहित सञ्चालन भएकाे २७अाैँ अन्तर्राष्ट्रिय लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत "भाषा, साहित्य, कला र संस्कृति राष्ट्राकाे अमूल्य निजी सम्पत्ति" साहित्यिक रचना वाचन कार्यक्रम शिवगढी साहित्य संगमकाे समन्वय र शिवराज नगरपालिकाकाे सहयाेगमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

     शिवराज नगरपालिका प्रमुख तथा शिवगढी साहित्य संगमका सल्लाहकार र रचना वाचन कार्यक्रमका प्रमुख अतिथि रहनु भएका नेत्र राज अधिकारी कार्यक्रमलाई सम्बाेधन गर्दै नारी पुरुष दुबै समान हुनुपर्छ । साहित्यले मात्रै लैङ्गकि हिंसा पूरा नियन्त्रण गर्न त सक्दिैन तर साहित्य नै समाजकाे ऐना हाे त्यसैले कदम उठाउनु अहिलेकाे ठाेस निर्णय रहेकाे बताउनुभयाे । 
 
     उहाँले भन्नुभयो "महिला र पुरूष एक रथका दुई पाङ्ग्रा हुन्" यी दुई बीचको सम्बन्ध नङ र मासुकाे सम्बन्ध हाे यसलाई सुमधुर कायम राख्नु जरुरी छ । मानिसलाई लठ्ठीले जति चाेट लाग्दैन बाेलिले लाग्छ, त्यसैले हिंसा भनेकाे दृश्य मात्रै हाेइन् अदृश्य पनि हुन्छ बाेलीलाई पनि ध्यान पुर्‍याउनु अावश्यक छ । हिंसा व्यवहारमा मात्रै हाेइन बाेलिमा पनि हुन्छ प्रमुख अतिथि अधिकारीले भन्नू भयाे ।

     उक्त कार्यक्रममा साहित्यकारहरूले लैङ्गकि तथा महिला हिंसा विरुद्ध जनचेतनामूलक रचना वाचन गरेका थिए । 

     शिवगढी साहित्य संगमका अध्यक्ष अर्जुन(शर)कुमार पाैडेलकाे अध्यक्षता,  शिवराज नगरपालिका प्रमुख तथा शिवगढी साहित्य संगमाका सल्लाहकार नेत्र राज अधिकारीकाे प्रमुख अातिथ्यता, महिला सदस्य टीका बि.का., राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद खतिवडा, नेपाल अादर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पाेख्रेल लगायतको अातिथ्यता, श्रीधर अाचार्यकाे स्वागत मन्तव्य, हेमराज शर्माकाे सञ्चालन र साहित्यिक स्रष्टाहरूकाे सहभागितामा कार्यक्रम सम्पन्न भएकाे कार्यक्रम सञ्चालक शर्माले जानकारी दिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu