थारु नेता लक्ष्मण थारुले गरे साक्षी बकपत्र इजलासमा आफैं उपस्थित हुने माग ।

Thursday, 7 February 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

धनगढी:= थारु नेता लक्ष्मण थारुले साक्षी बकपत्रमा आफै इजलासमा उपस्थित हुन पाउँ भनी माग गरेका छन् । टीकापुर घटनामा पुर्पक्षका लागि केन्द्रीय कारागारमा राखिएका थारुले यही माघ २७ गते कैलाली जिल्ला अदालतमा हुने साक्षी बकपत्रमा आफ्नो उपस्थिती हुनै पर्ने माग गरेका हुन् ।
तीन वर्षसम्म कैलाली कारागारमा राखिएका थारुलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भनेर माघको दोस्रो साता काठमाडौं लगिएको थियो । कारागार व्यवस्थापन विभाग केन्द्रीय कार्यालयका अनुसार काठमाडौंमा उनलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ ।
नेता थारुले आफू पूर्णरुपले स्वस्थ भईसकेको बताएका छन् । चिकित्सकका अनुसार आफूमा कुनै खालको शारीरिक समस्या नभएकोले कैलाली कारागारमा सरुवा गराई साक्षी बकपत्र गराउँदा सहभागी हुने अवसर जुटाइदिन उनले माग गरेका हुन् ।
थारुले यही माघ १७ गते भएको मुद्दाको पेसीमा आफूलाई उपस्थित हुन नदिएका र माघ २७ गते हुने साक्षी बकपत्रमा उपस्थित हुनपाउँ भन्दै कारागार व्यवस्था कार्यालयमा निबेदन समेत पेश गरेको केर्नी न्यूजसंगको कुराकानीमा बताए ।
उपचारको नाममा आफूमाथि राजनीतिकरण भएको दुखेसो गर्दै भने ‘मलाई उपचारका लागि काठमाडौं ल्याउनु पर्ने अवस्था नै थिएन । काठमाडौंमा जुन उपचार गरियो, त्यो सुविधा सेती अञ्चल अस्पतालमै छ । किन काठमाडौं पुर्याइयो बुझ्नै सकेको छैन ।’ उनले उपचारको नाममा आफूमाथि राजनीतिकरण भएको आरोप उनको छ । मुद्दाको पेसीमा आफूलाई उपस्थित हुन नदिएर मुद्दा फितलो बनाउने रणनीति सरकार पक्षको रहेको आरोप उनको छ ।
कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णबहादुर कटुवालले कैलाली कारागारले चिठ्ठी पठाएपछि मात्रै लक्ष्मणको सरुवा गर्न सकिने बताए । थारुलाई कैलाली जिल्ला अदालतले साक्षी बकपत्रमा अनिवार्य उपस्थितिको पत्र पठाएपछि र कैलाली कारागारले सरुवाको पत्र पठाउनेबित्तिकै सरुवा गरिने बताए ।
थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते ८ प्रहरी र १ नाबालकको ज्यान जाने गरी टीकापुर घटना घटेको थियो । सो मुद्दामा नेता थारुसहित २६ जना हाल पुर्पक्षका लागि कारागारमा रहेका छन् । तर उनीहरुको मुद्दा अझै किनारा लाग्न सकेको छैन ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu