झुम्का := प्रदेश नं. १ मा नामाकरणको बिषय चर्चा भईरहदा आदिवासी जनजाति पत्रकार महाँसंघ (फोनिज) प्रदेश समितिले आदिवासीहरुको ऐतिहासिक पहिचानको आधारमा नामाकरण हुनु पर्छ भन्दै छथर समावेसी सञ्चार घोषणा पत्र जारी गरेको छ । तेह्रथुमको छथर गाउँपालिकामा जनजाति पत्रकार महाँसंघको बिस्तारित बैठकमा प्रदेशलाई “किरात लिम्बुवान” वा “लिम्बुवान किरात” नामाकरणको लागी छलफल कार्यक्रम चलाउने भन्दै घोषणा पत्र जारीगरी मुद्धा अगाडी बढाईने भएको हो ।
जातिय संघ संगठनले नामाकरणको माग उठाईरहदा (फोनिज)को फागुन ८ र ९ गते भएको बिस्तारित बैठकबाट जनजाति पत्रकार महाँसंघ प्रदेश समितिको जारी ११ बुद्धे छथर समावेसी सञ्चार घोषणा पत्रमा पहिलो बुद्धामै उल्लेख रहेको छ । दशबर्षे जनयुद्ध, २०६२÷६३को शान्तिपुर्ण जनआन्दोलन, मधेश बिद्रोह तथा आदिवासी जनजाति लगायतका उत्पीडीत समुदायले गरेको आन्दोलनलाई मध्यनजर गर्दै ऐतिहासिक पहिचानको आधारमा नामाकरणकालागी घोषणा पत्र मार्फत माग गरेका छन् । यसैगरी आदिवासीहरुको प्रथाजनित कानुनहरु संग बाझिएका कानुनहरु स्वत खारिज हुनु पर्ने जोडदार माग गरेका छन् ।
आदिवासीहरुको ऐतिहासिक पहिचानकै आधारमा नामाकरणकालागी जनजाति पत्रकारहरुले कलम चलाउनु पर्नेमा बिस्तारिक बैठकले जोड दिएका छन् । बिस्तारित बैठकको उद्धघाटनमा फोनिजका केन्द्रिय पदाधिकारीहरुले प्रदेश १ को नाम “किरात लिम्बुवान” वा “लिम्बुवान किरात” नभए आदिवासीहरुले आधिवेरीनै ल्याउन सकिने बताए । कुनै पनि हालतमा नछोड्ने उद्धघोष गरेका छन् । ऐतिहासिक थाकथलो अनुसार रहेको आदिवासीहरुको पहिचानलाई मार्न खोजे धावा बोल्न पनि पछाडी नह्टने केन्द्रिय सल्लाहकार संजय सन्तोषी राईले चेतावनी दिएका हुन् ।
आदिवासीहरुको भौगोलिक पहिचान अनुसारनै प्रदेशको नामाकरण हुनु पर्छ भन्ने थारु पत्रकार संघ सुनसरीले पनि साथ र सहयोग रहने बताएका छन् । तेह्रथुमको छथर गाउँपालिका सुक्रवारे स्थित सहभागी थारु पत्रकार संघका पदाधिकारीहरुले थारु समुदायका संघ संगठनहरु संग पनि छलफलगरी समन्बय गरिनु पर्ने माग गरेको हो । प्रदेश एकको तराई क्षेत्र थारु समुदायको रगत संग जोडिएकोले नामाकरणमा समन्बय र सहकार्यहुनु पर्ने अध्यक्ष सुनिल चौधरीले बताए । आफनो जिवन आहुति दिएर उर्बर भुमि स्थापित गरिएको यस तराई क्षेत्र थारु समुदायको साँस्कृतिक भुमिको रुपमा रहेको भन्दै समन्बय हुन आवश्यक रहेको जानकारी दिए । समन्बयले एकता भई आदिवासीहरुको पहिचानको आधारमा नामाकरणमा बलपुग्ने धारणा अध्यक्ष चौधरीले ब्यक्त गरेका हुन् ।
छथरगाउँपालिकाका अध्यक्ष सन्तबिर लिम्बुको प्रमुखआतिथ्यतामा जनजाति पत्रकार महासंघ प्रदेश अध्यक्ष अर्जुन जम्नेलीको सभापतित्वमा बिस्तारित बैठक भएको थियो । बैठकबाट छथरगाउँपालिकाका पर्यटकीय स्थल प्रचार प्रसार गर्ने बिषय बस्तुमा छलफल समेत भएको थियो । तेह्रथुम जिल्लाको छथरगाउँपालिकामा अवस्थित धार्मिक ऐतिहासिक र पुरातात्विक महत्वका पर्यकीय स्थलहरु मार्गा पोखरी, सैरेनी डाडा, मालिङ्ग गुम्बा, चाङलुङ गुफा लगायतका स्थलहरु पर्यटन बिकासमा पत्रकारहरुले भुमिका खेल्नु पर्ने छलफल भएको हो । बिस्तारित बैठकमा फोनिज केन्द्रियबाट संगठन सचिव मिलन लिम्बु, सचिव कमन देवान, पत्रकार महाँसंघ केन्द्रिय सदस्य उद्धव तिम्सिना, प्रदेश सल्लाहकार जनक ऋसि राई, संजय राई लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।
