हमार सनेश सहकर्मी ,,
चितवन:= चितवनको पर्यटकीय नगरी सौराहामा जारी फुडफेस्टिवल परिसरमा रहेका होटल तथा रेस्टुरेन्टहरुको मंगलवार अनुगमन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले फेस्टिवल परिसरमा रहेका मध्ये २६ वटा रेस्टुरेन्टहरुको अनुगमन गरेको हो ।
रत्ननगर नगरपालिका र फेस्टिवल आयोजक रेवान सौराहालेनै अनुगमनका लागि आग्रह गरेका थिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउत नेतृत्वमा रेवानका पदाधिकारीसहितको सहभागीतामा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा केही रेस्टुरेन्टहरुमा मिति सकिएका पेय पदार्थ विक्रीका लागि राखिएको,पाउरोटी र केकमा उत्पादन र उपभोग्य मिति नरहेको र व्यक्तीगत सरसफाईमा कमजोरी पाईएको खाद्य निरीक्षक प्रदिप काफ्लेले जानकारी दिए ।
फेस्टिवल घुम्न आउने दर्शकहरुलाई स्वच्छ खाना प्रदान गर्न सचेत गराउने उदेश्यले गरिएको अनुगमनमा कमजोरी फेला परेका रेस्टुरेन्टहरुलाई सुधार गर्न निर्देशन दिईएको छ । साथै होटल,रेस्टुरेन्ट संचालकहरुले पालना गर्नु पर्ने नियमहरुको पम्प्लेट समेत वितरण गरिएको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।
अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख राउत,खाद्य निरीक्षक काफ्ले,रेवानका अध्यक्ष गिरी,फेस्टिवल संयोजक धु्रव गिरी,रेवानका संस्थापक अध्यक्ष वलराम दाहाल,रेवानका केन्द्रिय उपाध्यक्ष राजन भट्ट,प्रहरी र पत्रकारहरुको सहभागीता रहेको थियो ।