प्राइम ब्रोड कास्टिङ,,
चितवन:= उज्जव महिला समुह विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा सप्ताहाव्यापी कार्यक्रम अन्तर्गत आजदेखि दुईदिने सहकारी शिक्षा तालिम सुरु भएको छ।
पूर्वी चितवनको रत्ननगर स्थित बकुलहरमा रहेको संस्थाकै सभाहलमा आयोजना गरिएको तालिममा सहकारीका नयाँ सदस्यहरुलाई बचत गर्ने तरिका र यसले दिने लाभको विषयमा प्रशिक्षण दिन थालिएको तालिम संयोजक चन्द्राकुमारी चौधरीले जानकारी दिनुभयो । समाज परिवर्तनका लागि छोरीको सम्मान, राष्ट्रमा सक्षम नारी उज्जवलको पहिचान भन्ने मूल नाराका साथ आयोजना गरिएको तालिममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्व अध्यक्ष तथा नेप्सुन फिल्ड कार्यालयका सदस्य चन्द्रवहादुर खड्काले प्रशिक्षण दिनुभएको छ ।
तालिम संयोजक चन्द्राकुमारी चौधरीको अध्यक्षतामा आयोजना गरिएको तालिममा कोशेली तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाका सचिव सम्झना घिमिरेले कार्यक्रम संचालन गर्नूभएको थियो । तालिममा ३० जनाको सहभागीता छ ।