बजारमा झोले युट्युब टिभीका मालिक र पत्रकारको बिगबिगी !(लिङ्क खोली अवश्य पढ्नुस)

Monday, 18 February 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
बजारमा टिभी आतंक । हरेकको हात हातमा टिभी ! टिभीका नाम पनि के–के हो के–के ? नेपालमा असंख्या टिभी खुल्नुको श्रेय युट्युवलाई । युट्युव भएर न सबै टिभीका मालिक भए ! खतरनाक पत्रकार पनि !
युट्युबले भिडियो सेयरिङका लागि व्यक्तिगत पेज बनाउने व्यवस्था बनायो । युट्युव आफुले यो व्यवस्थालाई च्यानल भन्छ । त्यहि च्यानललाई टिभी भनिदियो, पुग्यो । एउटा क्यामेरा किन्यो, बुम जोड्यो वरिष्ट टिभी मालिक या पत्रकार बनिहाल्यो । आजकाल पत्रकार बन्न वर्षौको अनुभव वा कुनै युनिभर्सिटिमा पत्रकारीता पढ्नु पर्दैन । युट्युव च्यानल बनायो, फलानो टिभी भन्यो, दुई चार कलाकारलाई मनपरी सोध्यो, खतरनाक पत्रकार !
युट्वमा भिडियो अपलोड गरेर, अरूले हेरिदिए वापत डलर कमाउनकै लागि रगत परिना बगाउनेलाई युट्युवर भन्ने चलन छ । किन मान्ने ? युट्युवर होइन फलाना टिभीका डाइरेक्टर, वनर, पत्रकार ! युट्युवले युट्युवरलाई सम्मानित शब्दले सम्बोधन गर्छ । ‘क्रिएटर’ अर्थात सिर्जना गर्ने व्यक्ति । सिर्जना जो कसैले गर्न सक्दैन । सिर्जना गर्नसक्ने थोरै, नक्कल गर्ने असंख्यक । तर नेपालमा क्रिएटर थोरै ‘झोले टिभीका मालिक पत्रकार’ धेरै भए ।
झोलामा टिभी बोकेर हिन्ने मालिक पत्रकारको भाषा गज्जबको ! नेपाली भाषा उच्चारणको सामान्य नियम समेत नजानेका पनि पत्रकार ? ‘झोले भिटीका मालिक पत्रकार’ले बोलेको र लेखेको हेर्दा कहाली लाग्छ । नेपाली भाषा भ्रष्टीकरणमा उनै झोले टिभीका मालिकले इटा थप्दैछन् । दर्शक तान्न अनेक नौटंकी गर्न झोले टिभीका मालिकसँगै सिक्नु ! यीनले अनेक जानेका छन् । मनपरी लेख्न, बोल्न यीनैबाट सिके राम्रो । कसैको चरित्र हत्या गर्नुपरे यीनैको सहारा लिनु !
नाम फलानो अनलाइन टिभी । कामको कुरै नगरौं । जे गरे पनि भयो । कुनै घटनाको सत्य तथ्य पत्ता लगाउन प्रहरी चाहिँदैन । झोले टिभीका मालिक पत्रकारले प्रहरीभन्दा पहिले अपराधी पत्ता लगाउँछन् । अब नेपालमा न्यायलयको खाँचौ छैन । किनकी, झोले टिभीका मालिक काफी छन् न्यायिक छिनोफानोका लागि । युट्युव सर्च गरेर हेर्दा हुन्छ: झोले टिभीका मालिक पत्रकारले निर्माला पन्तका हत्यारा अहिले होइन उहिले नै पत्ता लगाइसकेका छन् ! त्यति मात्र होइन, निर्मलालाई कसले, कसरी, कुन आसनमा बलात्कार गरे भन्ने समेत यीनैले पत्ता लगाए ! यी प्रतिनिधि घटना मात्र हुन । दृष्टान्त अनेक छन् ।
लाग्छ: रेष्टुरेन्टका क्याविन वा गार्डेन उनीहरूको स्टुडियो नै हो ! हातमा क्यामेरा र बुम भए पुग्यो । रेष्टुरेन्ट प्राइभेट प्लेस हो भनेर उनीहरूलाई ख्याल गर्नु छैन । आफ्नो कारण अरूलाई असहज हुन्छ भन्ने उनीहरूलाई हेक्का समेत हुँदैन । कुनै खुल्ला पार्क वा चौरमा कुराकानी गरे नहुने के थियो ?











आजकल रेष्टुरेन्ट मालिकलाई हैरान छ । ग्राहक छिरे भनेर मालिक मख्ख । तर, वेटर अडर लिन पुग्दा झोले टिभीका पत्रकार कुनै पात्रलाई क्यामेरा अगाडी राखेर अनेक सोध्न तयार भइसकेका हुन्छन् । लाग्छ: रेष्टुरेन्टका क्याविन वा गार्डेन उनीहरूको स्टुडियो नै हो ! हातमा क्यामेरा र बुम भए पुग्यो । रेष्टुरेन्ट प्राइभेट प्लेस हो भनेर उनीहरूलाई ख्याल गर्नु छैन । आफ्नो कारण अरूलाई असहज हुन्छ भन्ने उनीहरूलाई हेक्का समेत हुँदैन । कुनै खुल्ला पार्क वा चौरमा कुराकानी गरे नहुने के थियो ?
आफुलाई पत्रकारकै रूपमा चिनाउन चाहने ‘झोले टिभीका मालिक पत्रकार’ले पत्रकार बन्नका लागि चाहिने सामान्य ज्ञानसम्म हासिल गर्न चाहेको भए राम्रै हन्थ्यो । अझ भन्नै हो भने क्यामेरा र बुम पत्रकारले बाहेक अरूले बोके पटक्कै सुहाउँदैन । यहाँ त यस्तो वातावरण बन्यो कि आफुलाई गायक, कलाकारको रूपमा ठूलै ठान्नेहरू पनि क्यामेरा र बुम बोकेर दगुरेका देखिन्छ । न, तिनिहरूले गाएको राम्रो, न अन्तरवार्ता लिएको नै ? त्यति मात्र भए त ठिकै थियो । आफु हर्ताकर्ता रहेकै झोले टिभीमा आफै गेष्ट बनेर अन्र्तवार्ता दिनेको संख्या पनि कम छैन ।
युट्युव एक्सपोजरको गतिलो माध्यम बन्यो । भिडियो सेयरिङ साइट भएकाले युट्युव धेरैका लागि अनिवार्य जस्तै बन्यो । झोले टिभीका मालिक पत्रकार भन्दैगर्दा उनीहरूले समाजका लागि गरेका कतिपय योगदान सम्मान गर्न लायक छन् । युट्युवरको भित्रि चाहना अर्थ उपार्जनै किन नहोस् । उनीहरूको अर्थ उपार्जनको स्वार्थले समाजमा केहि सकारात्मक योगदान पुगेकै छ ।
करोडौ लगानी गरेर मुलधारले टेलिभिजनको बिल्ला भिरेका टेलिभिजनले देखेर पनि नदेखे झै गरेका असंख्यक मुद्दा वा समस्यामा उनै ‘झोले टिभीका मालिक पत्रकार’को आँखा पुगेको छ । दुरदराजमा लुकेका प्रतिभा मात्र होइन पीडाका पोकाहरू ‘झोले टिभीका मालिक पत्रकार’ले नै खोलेका छन् । दुनियाँसामु उनैले पु¥याएका छन् । तर, कुनै काम गर्दा जिम्मेवारपूर्वक गर्ने कि नगर्ने भन्ने प्रश्नको जवाफ दिन ‘झोले टिभीका मालिक पत्रकार’ तयार हुने किन नहुने ?
पत्रकारीता पेशा मात्र होइन, जवाफदेहिता पनि हो । पत्रकारले आफुले लेखेका या बोलेको हरेक शब्द र वाक्यको जवाफ दिनुपर्छ । एक्स्पोजको माध्यम जेसुकै होस । मिडिया सबै एक्पोजका माध्यमक हुन । त्यसमा युट्युव पनि पर्छ । जहाँ सबैको सहज पहुँच रहन्छ । यति हो आफुले उत्पादन गर्ने वस्तुले आफ्नौ हैसियत निर्धारण गर्छ । गुदि राम्रो हुने हो त खोलसँग खासै मतलव हुँदैन । राम्रो सामग्री उत्पादन गरेर दर्शकसामु लैजान नचाहेसम्म, कन्टोभर्सी शिर्षकबिनै भिडियो हेराउँछु भन्ने सोच नबनाएसम्म, वास्ताविक थम्बनेलले नै दर्शक तान्छु भन्ने सोचको बिकास नगरेसम्म लाखौ दर्शक बटुले पनि युट्युवरहरू ‘झोले टिभीका मालिक पत्रकार’ नै हुन् ।(साभार :-नयाँ अनलाईन बाट )
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu