थारुहरु अब आर्थिक,शैक्षिक,समाजिक क्रान्ति गर्नुपर्छ:- गायक सरगम चौधरी (अन्तरवार्ता तलको लिङ्क खोलेर पढ्नुस)

Monday, 18 February 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
ईन्टरनेट अनलाईन www.shivarajfm.com.np र रेडियो शिवराज १०६.८ मेगाहर्जबाट एकैसाथ प्ररसारण हुने हरेक बिहीबार कार्यक्रम- हमार पहिचानकाे अाठाैँ अंकमा सुमधुर स्वरका धनी रूपन्देही शुद्धाेधन गाउँपालिका-१, सिसै निवासी हाेनहार युवा चर्चित गायक सरमग चाैधरीसँग हमार सनेश सहकर्मी तथा पत्रकार राम अवतार चौधरीले थारु भाषामा गरिएको कुराकानीलाई नेपाली भाषामा उल्ठा गरेर अनलाईन न्युज पोर्टल र पत्रिकामा यसरी प्रकाशन (प्रस्तुत) गरिइएको छ।

१. सरगम जि तपाईंलाई कार्यक्रममा स्वागत छ ?
- धन्यवाद ! नमस्कार राम राम रेडियो शिवराज १०६.८ मेगाहर्ज साथै कार्यक्रम हमार पहिचान सुनेर बस्नु हुने तपाईं सम्पूर्ण संगित प्रेमी मित्रहरूलाई !

२. तपाई कलाकार अनि कलाकार भनेकाे के हाे ? समाजमा कलाकारकाे भूमिका के हुन्छ ।
- कलाकार भनेकाे कलाकार नै हाे । कलाकार तमाम किसिमका हुन्छन्, जस्तैः मो, गायक, नायक लगायत अन्य हुन्छन् । तर सबैकाे लक्ष्य एउटै हुन्छ समाजमा एकरूपता ल्याउनु देखि लिएर जनचेतना फैलाउने र मनाेरञ्जन दिने साथै संस्कृति बचाउने भुमिका कलाकारको रहन्छ ।

३. तपाई सांगीतिक क्षेत्रमा कहिलेदेखि लाग्नुभयाे र को बाट प्रेरणा पाउनुभयो ?
- मैले २०६९ सालदेखि सांगीतिक यात्रा सुरुवात गरेकाे छु । त्यसभन्दा पहिले रूपन्देहीमा थारु अाइडल भएकाे थियाे जसकाे मुख्य याेजनाकार अादरर्णीय दाजु श्रीनिवास चाैधरी हुनुहुन्थ्यो । त्यही अाइडलबाट मैले धेरै प्रेरणा पाएकाे थिएँ । म सम्झिना चाहेँ उहाँ व्यक्तित्वहरूलाई श्रीनिवास चाैधरी र हरिनारायण थारु दाजु बाट मैले धेरै नै उत्साहित भएकाे थिएँ । र साथै "अाजकल यी दिलवाके"& "जाेर जाेरसे धक्का मारे" बाेलकाे गीतबाट मैले अाफूलाई सरगम चाैधरी भनेर चिनाउन सफल भएँ ।

४. सरगम जी तपाई सांगीतिक क्षेत्रमा लाग्नुकाे उद्देश्य र यस मार्फत के गर्न चाहनुहुन्छ ?
- वर्तमान समयसापेक्ष हेर्नुहुन्छ भने साँस्कृतिक उद्देश्य प्राप्त गर्नुकाे लागि थारु कल्याणकारी लगायत थुप्रै संघ संस्थाहरू लागि परेका छन् । त्यस्तै म थारु कलाकार भएकाे नाताले थारु संस्कृति लाेप हुदैँ गइरहेकाे थियाे र हाल मलाई लाग्छ सांस्कृतिक उद्देश्य पुरा भएकाे महसुस भएकाे छ र अब अार्थिक, शैक्षिक र सामाजिक उद्देश्य पूरा गर्नु तर्फ म अब तयारी गर्दै छु । त्यसैगरी थारु समुदायको सवालमा हेर्ने हाे भने पुर्व मेचीदेखि पश्चिम महाकाली सम्म थारु समुदायको चाल चलनदेखि लिएर अहिरन पहिरन सबै अदानप्रदान गर्ने अवसर सम्म जुटाएर भाषिक एकता ल्याउने जस्ता काम गर्न चाहन्छु ।

५. कलाकारिता क्षेत्रमा थारु कलाकारहरूकाे अवस्था के छ ?
- अाज भन्दा केही समय पहिले थारु कलाकारहरूकाे अवस्था एकदमै न्यून थियाे । तर अहिले भने थारु कलाकारहरू निकै नै फड्को मारेकाे अवस्था हामी माझ अवगत नै छ । पहिला कुनै कार्यक्रम अायाेजना गर्दा छिमेकी देश भारतबाट नाैटंकी, थिएठर जस्ता नाचहरू मगाउँथे । हाल भने जुनसुकै कार्यक्रममा पनि थारु कलाकारहरूकाे सहभागिता उल्लेखनीय रहेकाे विद्यामान छ । र दिनप्रतिदिन थारु कलाकारहरू उत्पादन भइरहेका छन्, खुसि लाग्छ ।

६. कलाकारिता अर्थात् सांगीतिक क्षेत्रमा प्रवेश गर्ने नव अागन्तुक प्रतिभालाई तपाई के भन्नू हुन्छ ?
- एकदमै हर्षकाे कुरा हाे स्वागत छ तर म के भन्न चाहन्छु भने पैसाकाे भरमा मात्रै यस क्षेत्रमा नअाउनुस् किनकि पछिल्लो समयमा धेरै घटना के भएकाे छ भने याे कलाकरिता क्षेत्र बेकार हाे भनेर पछुतो गर्नुपर्ने दिन नअाेस् त्यसकारण अाफू भित्र कला गला छ भने मात्रै अाउनुस र बुझेर अाउँदा उत्तम हुन्छ भन्न चाहन्छु ।

७. सरगम जि तपाई अझै अगाडि बढ्न क-कसकाे साथ सहयाेग रहेयाे भने तपाईलाई उर्जा प्राप्त हुन्छ ?
- सर्वप्रथम त अाफ्नाे घर परिवारकाे सर्पाेट हुनुपर्छ र मेराे छ । त्यसपछि इस्ता मित्र र श्राेताहरूकाे साथ हुनुपर्छ अनि मात्र अगाडि बढ्न सकिन्छ । यस्तै कार्यक्रम अायाेजकहरूले स्थान दिनु्पर्छ । साथै हामीले जुन सरकारबाट पाउनुपर्ने सेवा सुविधा र अवसर हाे त्यसबाट बञ्चित गराइएर हामी थारु कलाकर अझै पछि परेका छाैँ त्याे अवसर स्थानीय लगायतका सरकारबाट प्राप्त भएमा अगाडि बढ्न म जस्ता थुप्रै कलाकार अगाडि बढ्न सहज हुने थियाे ।

८. रेडियो शिवराज १०६.८ मेगाहर्ज साथै हमार पहिचान कार्यक्रम यतिबेला सुनेर बस्नुहने श्राेताहरूलाई तपाई के भन्नुहुन्छ ?
- विशेषगरी धन्यवाद ! दिना चाहन्छु अाशा छ तपाईहरूले मलाई अझै माया गरिदिनुहुने छ । र तपाईंहरूले माया गरेरै यहाँ सम्म अाएकाे छु । युटुव चयनलमा गएर सरगम चाैधरी भनेर सर्च गरे पछि अाएकाे म्युजिक भिडियोलाई हेरेर सुनेर साथ दिनुहुने विश्वास व्यक्त गर्न चाहन्छु ।

९. सरगम जि तपाई हाम्राे कार्यक्रमलाई अमुल्य समय दिनुभयाे धन्यवाद !
- राम अवतार सर तपाईलाई पनि विशेष धन्यवाद ! रेडियो शिवराज साथै हमार पहिचान कार्यक्रम मेराे मनमा लागेका कुरा राख्ने अवसर दिनुभयाे । मेराे नजिककाे साथी हुन्छ मेरा हरेक कुरालाई समाचार बनाए मिडिया मार्फत शेयर गरिदिनु हुन्छ पुनः धन्यवाद दिना चाहन्छु नमस्कार ! राम राम ॥
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu