विप्लवको मलेशिया मोर्चाको भेला सप्पन्न/आजै मनायो २४ औं जनयुद्ध दिवस ।

Thursday, 7 February 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
समर्पण भट्टराई,,
मलेसिया:= विप्लव नेतृत्वको  नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले आज भेला सम्पन्न भएको छ मोर्चाले बोलाएको भेला ले २५ सदस्यीय नया कार्यसमिति निर्माण गरेको  छ। 

अध्यक्षमा विजय लामा , उपाध्यक्षमा मीन बहादुर सुनार तुफान महासचिवमा सन्दिप खड्का सचीवमा खगेन्द्र खड्का कोषाध्यक्षमा रवि बोहरा लाई नियुक्त गरेको छ भने मोर्चाको कार्यलय टिममा समर्पण भट्टराई लाई मोनोनित गरेको छ भने बैकल्पिक कार्यलय सदस्यमा सन्तोष योन्जन तामाङ लाई मनोनीत गरेको छ तेस्तै केन्द्रिय सदस्यहरु मनराज साही, ज्ञान बहादुर रावल,विशाल चनारा,शिव ढकाल, सैलेश यादव,कैलाश कार्की,नैन बुढा,प्रेम साउद, खगेन्द्र भट्टराई,युवि मिश्र,सन्तोष विश्वक्रमा,सुवास आरोही,सुरेश केसि,कमल खड्का सुरेश केसि 

अन्य ७ सदस्य थप गर्ने गरि नया कार्यसमिति निर्माण भएको छ भने आजनै मोर्चा ले २४ औ जनयुद्ध  दिवस मनाएको छ जनयुद्ध दिवस कार्यक्रम को सन्चालान समर्पण भट्टराई ले गर्नु भएको थियो कार्यक्रमको अध्यक्ष नेपाली जनप्रगतिशिल मोर्चाका पुर्व अध्यक्ष विस्फोट मगर ले गर्नु भएको थियो कार्यक्रम को प्रमुख अतिथि मलेसिया पार्टी संयोजक महेश ओलि ले गर्नु भएको थियो तेस्तै कार्यक्रमको विशेष अतिथिमा पुर्व महासचिव अर्जुन सुवेदी ले गर्नु भएको थियो कार्यक्रममा स्वागत मन्तव्य मोर्चाका सचीव खगेन्द्र खड्काले राख्नु भएको थियो यसै कार्यक्रम मा मोर्चामा तीन जना सहिद परिवार लाई संमान गरेको छ महान जनयुद्धको क्रममा आफ्नु अमुल्य जीवन बलिदान गर्नु हुने महान सहिदहरुको उच्च संमान गर्दै मोर्चा ले सहिद परिवार लाई संमान गरेको छ सहिद पत्नी लाल कुमारी रोका तेस्तै गरि सहिद परिवार विजय हमाल कृष्ण चौधरी लाई पनि संमान गरेको छ सहिद परिवारको तर्फबाट मन्तव्य राख्दै प्रचण्ड बाबुराम जस्तो धोका  विप्लव नेकपा ले दिन नसक्ने भन्दै आफुहरु पुन सक्रिय भएर पार्टी र क्रान्तिमा होमिएको बताउनु भयो ।

तेस्तै कार्यक्रममा अतिथिहरु ले आफ्नु मन्तव्य राख्नु भएको थियो कार्यक्रममा बोल्दै जोहोर क्षेत्रीय समिका अध्यक्ष सैलेश यादव ले शुभकामना मन्तव्य राख्दै प्रवास बाट क्रान्तिकारी हरु यसरी एक जुट भएको प्रती खुसी व्यक्त गर्नु भयो  विविध कारणबस कार्यक्रम उपस्थित हुन नसकेको भन्दै मोर्चाका महासचिव सन्दीप ले शुभकामना मन्तव्य पठाउनु क्रान्ती पार्टी प्रती कार्यक्रममा उल्लासमए उपस्थित भएकोमा विशेष धन्यवाद दिदै यसरी हामी सदैब अगाडि बढनु पर्ने बताउनु भयो शुभकामना सन्देश पुव महासचिव अर्जुन ले वाचन गर्नु भएको थियो कार्यक्रममा  बोल्दै मोर्चाका पुर्व महासचिव अर्जुन सुवेदी ले जनयुद्धको उदस्य प्राप्ति को निम्ति निरन्तर संघर्ष आवश्यक भएको र मजदुर हरु प्रती सदैव मोर्चा जिम्मेवार अगाडि बडन सुझाव दिदै आफ्नु कार्यकाल को बाकि कार्यभार मोर्चा ले पूरा गरेर जाने विश्वास व्यक्त गर्नु भएको थियो ।

तेस्तै कार्यक्रममा बोल्दै मलेशिया पार्टी संयोजक महेश ओलि ले मोर्चा मजदुर को अधिकार र क्रान्ति को लागि हामी यसैगरी निरन्तर एकतावद्द भएर प्रवास बाट पनि क्रान्ति प्रती प्रतिबद्ध भएर लागिपर्नु पर्ने बताउनु भयो कार्यक्रम लाई विजर्जन गर्दै मोर्चाका अध्यक्ष विस्फोट मगर ले  कार्यक्रम सानदार रुपमा सप्पन्न भएको बताउनु भयो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu