हमार सनेश सहकर्मी ,,
काठमाडौं := थारु युवा सभाको आयोजनामा आज देखी ३ दिने नेतृत्व विकास तालिम कार्यक्रम बिहिवार देखी शुरु भएको छ। देश भरि छरिएर रहेका युवाहरुलाई लक्षित गरेर शुरु गरिएको यो कार्यक्रम माघ २६ गते सम्म चल्ने छ।
पहिलो दिनको कार्यक्रममा उदघाटन गर्दै प्रमुख अतिथी कन्नुलाल चौधरीले अहिलेका थारु युवाहरुमा नेतृत्वदायी क्षमताको बिकाश गरी समाज विकाशमा अग्रसर हुनु पर्ने बताए।
त्यस्तै कार्यक्रमका सभापती थारु युवा सभाका केन्द्रिय अध्यक्ष कानुनलाल चौधरीले कार्यक्रमको औचित्यको बारेमा प्रकाश पार्दै थारु युवाहरुमा नेतृत्व गर्ने क्षमताको बिकाश गरेर थारु हक हित अधिकारका मुद्दाहरुको बारेमा जुझारु रुपमा आवाज बुलन्द गर्नु पर्ने अहिलेको आवश्यकता रहेको बताए। थाकस केन्द्रिय कार्यालयको हलमा शुरु भएको कार्यक्रममा विभिन्न जिल्लाबाट ५० जना युवा विधार्थीहरुको सहभागीता रहेको छ ।
कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा थारु कल्याणकारीणी सभाका पुर्व महामंत्री भुलाई चौधरी थिए भने अतिथिहरुमा अधिवक्ता भागवत चौधरी ,थारु अधिकारकर्मी बुद्धसेन चौधरी ,समाजसेवी सियाराम चौधरी ,थारु महिला सभा उपत्यकका सभापती तारा चौधरी , थारु पत्रकार संघका उपाध्यक्ष संजय चौधरी, जय इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सुरेश चौधरी लगायतको उपस्थीती रहेको थियो ।
तालिमको दोस्रो दिन मानव अधिकार सम्बन्धमा बुधसेन थारु , सांस्कृतिक सम्बन्धमा सियाराम चौधरी र थारु राजनितिक अवस्था बारेमा थाकस उपमहामंत्री मिनराज थारुले प्रशिक्षण दिनेछन्।