हमार सनेश सहकर्मी ,,
राजापुर, बर्दिया:= राजापुर नगरपालिका १ नं. वडा मुरगहवा गाँउ बर्दियामा पुर्ण सरसफाइ गाउँ एवम् थारु तथा सोनाहा होमस्टे भव्य रुपमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
उद्घाटन कार्यक्रम प्रमुख अतिथी बुद्धिजिवी तथा समाजसेवी श्री दिपक जंग शाह ज्यु बाट मुरगहवा गाउँको प्रवेशगेटमा रिवन काटेर उद्घाटन भएको थियो । साथै विशिष्ट अतिथी राजापुर नगरपालिका १ नं वडा कार्यालयका अध्यक्ष श्री खुशीराम थारु ज्यु र सभाअध्यक्ष ज्यु बाट थारु तथा सोनाहा होमस्टेको घरमा रिवन काटेर उद्घान भएको थियो ।
उद्घाटन समारोहमा विशिष्ट अतिथी राजापुर नगरपालिका १ नं वडा कार्यालयका अध्यक्ष श्री खुशीराम थारु लगायत प्रमुख अतिथी श्री दिपक जंग शाह ज्युले पुर्ण सरसफाइ र थारु तथा सोनाहा होमस्टे संचालन बारे बोल्नु भएको थियो ।
गुड नेवर्स इन्टरनेशनल नेपाल तथा साझेदारी संस्था सोनाहा विकास समाज बर्दिया र राजापुर नगरपालिका १ नं वडा कार्यालयको संयुक्त आर्थिक तथा प्राविधिक सहयोगबाट कार्यक्रम सफल बनाउन सहयोग पुगेको साथै समुदायका सबैको सहयोगमा पुर्ण सरसफाइ नमुना गाउँ तथा होमस्टे संचालनकामा ल्याउन सकेको र होमस्टे संचालनकोलागि समतिले कार्य योजना तथा विभिन्न निती बनएर संचालन गरेमा दिगो हुने साथै होमस्टेको प्रचार प्रसारमा सहयोग गरिदिनकोकालागि सम्बधित सबैमा अनुरोध गर्दै समारोहका सभाध्यक्ष श्री लल्तु प्रसाद थारुले सम्बोधन गर्नु भएको थियो ।