राम अवतार चाैधरी
कपिलवस्तु:= बाल संसार शैक्षिक प्रतिष्ठान मन्टेश्वरीले सरस्वती पुजन तथा तेस्रो त्रैमासिक परीक्षाफल प्रकाशन र पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।
जिल्लाको शिवराज न.पा.५, चन्द्राैटा स्थित शान्ति बगैंचा टाेल मन्टेश्वरीकाे प्रांगणमा अाइतबार सम्पन्न भएकाे हाे ।
मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष तथा साे कार्यक्रमका प्रमुख अतिथि रहनु भएका विष्णुप्रसाद खतिवडाले कार्यक्रमलाई सम्बाेधन गर्दै बसन्त पञ्चमीकाे अवसरमा सानासाना नानी बाबुहरूकाे लागि यस मन्टेश्वरीले गरेकाे सर्हनिय कार्यकाे प्रशंसा उहाँले गर्नुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्नमा साे मन्टेश्वरीले अहाेरात्र निकै खतिएर याेगदान पुर्याएकामा खुसी व्यक्त गर्दै अझै सफलताको कामना र राम्रो नतिजा ल्याएकाे समेत खतिवडाले उल्लेख गर्नुभयो ।
त्यसैगरी साे कार्यक्रममा विद्यार्थीहरूले कला प्रस्तुतनका गर्नुका साथै राम्रो अंक प्राप्त गरेका विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिएकाे थियाे ।
उक्त कार्यक्रम साेही मन्टेश्वरी व्यवस्थापन समितिका अध्यक्ष सरिता शर्माकाे अध्यक्षता, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु जिल्ला अध्यक्ष विष्णुप्रसाद खतिवडाकाे प्रमुख अातिथ्यिता, शिक्षा प्रेमी अर्जुन पाण्डे, धनिराम थारु, पूर्ण परियार, स्वस्थ्यकर्मी डाक्टर प्रकाश प्राेख्रेल लगायतकाे अातिथ्यिता र अर्जुन पाैडेलकाे सहजीकरणमा कार्यक्रम सम्पन्न भएकाे बाल शैक्षिक प्रतिष्ठानका प्रधानाध्यापक विष्णु प्रसाद पाैडेले जानकारी दिनुभयो ।