कतारमा भब्य माघी कार्यक्रम, अरविन्द चौधरी बने थाकस कतारको अध्यक्ष

Sunday, 3 February 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
थारुवान ड्टकम,,
दोहा,(कतार):= थारु कल्याणकारिणी सभा कतार च्याप्टरको पाँचौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। गत जनवरी २५ मा अल समाल पार्कमा आयोजित माघी महोत्सव तथा पाँचौं अधिवेशनले अरविन्द कुमार चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनले प्रथम उपसभापतिमा श्यामलाल चौधरी, द्वितीयमा हरि बहादुर महतो, महामन्त्रीमा भगवती प्रसाद चौधरी, सहमहामन्त्रीमा शान्ति चौधरी र कोषाध्यक्षमा ओम नारायण चौधरीलाई चयन भए। त्यस्तै महिला बिभाग प्रमुखमा मञ्जु चौधरी र महिला सदस्यमा पार्वती चौधरी, सांस्कृतिक बिभाग प्रमुखमा घनश्याम चौधरी, उपप्रमुखमा मनोज चौधरीलाई चयन भए।
त्यस्तै सदस्यमा अरुण कुमार चौधरी, जय प्रकाश चौधरी, नरेश चौधरी, दिप नारायण चौधरी, जय नारायण चौधरी, रामानन्द चौधरी, चन्दन चौधरी, धनिराम चौधरी, दिपक चौधरी र दिनेश कुमार चौधरी छन्।
‘जातिय पहिचानको संरक्षण प्रबर्द्धद्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण’ मुल नाराका साथ मनाइएको कार्यक्रमा थारु झाँकी प्रस्तुत गरिएको थियो। कार्यक्रममा थारु चलचित्रहरुमा अभिनय गरेका अरुण कुमार चौधरी र थाकस कतार च्याप्टरलाई सहयोग गर्दै आएका सत्यनारायण चौधरीलाई सम्मान गरिएको थियो।
त्यस्तै प्रवेश चौधरी, पार्वती चौधरी, नन्द किशोर थारु, राकेश चौधरी, बिरेन मादेन, दिल मगर, राधिका राई, लक्ष्मी सुनुवार, बिरूसा वाईवा, ध्रुब राज राई, लक्ष्मी तामाङलाई प्रसंशा पत्र प्रदान गरिएको थियो।सोही आवसरमा साउदीमा ब्लडमनिको अभावमा अलपत्र परेका जलेश्वर चौधरीलाई स्वदेश फर्काउन आर्थिक सहयोग संकलन गरिएको थियो।
कार्यक्रममा थाकस कतार च्याप्टरका संरक्षक इन्जिनियर सिताराम चौधरी, प्रमुख सल्लाहकार इन्जिनियर अन्जनी पंजियार, विशेष सलाहकार सियाराम चौधरी, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका महासचिव बुधबल गुरुङ, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चनाक पोख्रेल, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री मोहम्मद अजीज अली, तराई मधेस प्रवासी मञ्च कतारका अध्यक्ष हुसेन खान, बिबेकसिल नेपाली दल कतारका अध्यक्ष सुरेश भट्ट, संघीय लिम्बुवान सामाजिक मञ्च कतारका सचिव नगेन सवा लिम्बु,, नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष करिम बक्स मिया, अन्तराष्ट्रिय नेपाल मुस्लिम समाज कतारका महिला संयोजक अमिना खान, न्यु भिजन थारु युवा समूहका रामानन्द चौधरी, थारु आवाज कतारका अध्यक्ष राजकुमार चौधरी, कतार च्याप्टरका सल्लाहकारहरु इन्जिनियर अर्जुन कुमार चौधरी र प्रभु चौधरीलगायतका अतिथिहरुको सहभागीता थियो।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu