राम अवतार चाैधरी,,
कपिलवस्तु:= कपिलवस्तुको शिवराज-३, खरेन्द्रपुरमा रहेकाे गाेल्डेन पार्कस एकेडेमीले ७अाैँ बार्षिकाेत्सव एवम् अभिभावक दिवस कार्यक्रम सम्मान गरेकाे छ ।
अाइतबार सरस्वती पुजाकाे अवसर पारि गाेल्डेन पार्कस एकेडेमीकाे अायाेजनामा भएकाे बार्षिकाेत्सव तथा अभिभावक दिवस कार्यक्रममा प्रदेश सभा सांसद एवम् प्रदेश नं:५ का सदस्य अर्जुनकुमार केसीले दिवस कार्यक्रमलाई नयाँ प्राेजेक्टरद्वारा उद्घाटन गर्दै अाजभाेलीका विद्यार्थी बालबालिका लगायत युवाले समेत माेबाईल, फाेन, टेलिभिजन र माेटरसाइकल जस्त सञ्चारमाध्यम तथा सवारीकाे सदुपयोग भन्दा बढि दुरुपयोग गरेकाे अाराेप लगाउनुभयाे ।
केसीले साे एकेडेमीले गरेकाे कार्य प्रशंसा गर्दै शिक्षामा सबैभन्दा पछि कपिलवस्तु जिल्ला रहेका बताएका हुन् । तर अब शिक्षामा अघि बढ्नुपर्ने अाफ्ना सन्तानलाई यस्ता घटनाबाट बचाउन नसके तिनीहरूको भविष्यमा नकारात्मक असर पर्ने समेत उल्लेख गर्दै अाफ्ना सन्तानले क- कसका संघट गरिरहेकाे छ जबकि एउटा सामान्य बच्चा राति अबेर सम्म नसुत्नु बिहान ढिला उठ्नुकाे कारण अभिभावकले पत्ता लगाउनु समत अावश्यक रहेकाे उहाँले बताउनुभयो ।
साथै बार्षिकाेत्सव तथा अभिभावक दिवस कार्यक्रममा बाेल्ने अधिकांश बक्ताहरूले सकारी विद्यालयले गर्न नसकेको कार्य निजी तथा साे विद्यालयले गरेकाे कार्य प्रशंसा गर्दै नतिजा मात्रै नभएर ब्यबहारिक र गुणस्तरीय शिक्षामा समेत निजी विद्यालायले जाेड् दिनुपर्ने बताएका थिए । उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएकाे र विद्यार्थीहरूले जनचेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेकाे अध्यक्षता, प्रदेश नं.५, का सदस्य अर्जुनकुमार केसीकाे प्रमुख अातिथ्यिता, शिवराज नगर शिक्षा प्रमुख पूण बहादुर विक, शिवराज नगरपालिका-३, का वडा अध्यक्ष टेकलाल सापकोटा, प्यप्सन कपिलवस्तु अध्यक्ष शिवप्रसाद गैरे लगायतको अातिथ्यिता र मनाेज कुमार तथा विष्णु भण्डारीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे साेही विद्यालयका शिक्षक गाेपाल पाठकले जानकारी गराए ।