सबै जातजाति/भाषाभाषी कला संस्कृतिलाई सम्मान गर्दै थारु संस्कृति देशकाे गहना संरक्षणमा जाेड्:-अध्यक्ष थापा ।

Sunday, 3 February 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चाैधरी,,
कपिलवस्तु:= कपिलवस्तुको विजयनगर गाउँपालिका-२, लोहरौला गाउँ समाजको आयोजनामा शनिबारदेखि थारु संस्कृति एवम् परम्परागत त्रिवेणी मेला सुरु भएको छ । 

     "हम्मन भाषा ओ संस्कृति हमनके शान, थारु संस्कृति बचएना हम्मनके अभियान" भन्ने मुल नाराका साथ सञ्चालन भएकाे मेला कार्यक्रमका प्रमुख अतिथि रहेका विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले एक भव्य समाहरोका बीच मेलाको समुउद्घाटन गर्दै सबै जातजाति, भाषाभाषीकाे कला संस्कृतिलाई सम्मान गर्दै थारु संस्कृति पनि देशकाे गहना रहेकाेले जगेर्ना गर्नु हामी सबैको दायित्व हाे, त्यसैले संरक्षणमा जाेड दिनुका साथै अाफ्नाे गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्ध रहने थापाले बताए । 


     त्रिवेणी मेला यहि माघ १९ गतेदेखि २१ गते सम्म चल्ने अायाेजकले जानकारी गराउँदै मेलाको मुख्य आकर्षणका रूपमा थारु पहिरन भेषभुषाको प्रदर्शनी, थारु नाच झुम्रा, झ्ररा, मयुर, लाठी नृत्यको प्रदर्शन र थारु खानाकाे परिकार लगायत परम्परागत सामाग्रीको प्रदर्शनी एवम् स्थानीय तथा राष्ट्रिय गायक, गायिका समीक्षा चौधरी, रोशन रत्गैँया लगायतका अन्य कलाकारहरूको साथै स्थानीय क्लबहरूको थारु साँस्कृतिक नृत्य समेतको बेजोड प्रस्तुति रहने मेला महोत्सवका संयोजक कृष्णबहादुर थारुले बताए । 

     उक्त कार्यक्रम साेमईलाल थारुकाे अध्यक्षता, विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाकाे प्रमुख अातिथ्यिता, वडा नम्वर-४,का वडा अध्यक्ष दिनेश कुमार चौधरी, तिलक राम कडेल, थाकस कपिलवस्तु जिल्ला अध्यक्ष उमा शंकर थारु, थारू कल्याणकारी सभाका केन्द्रिय सदस्य सुमित्रा थारू, जन्जिर थारु, विजनगर गाउँपालिका प्रशासकीय अधिकृत रबिन्द्र प्रसाद चौधरी, विजयनगर गाउँपालिकाकै उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी लगायतकाे अातिथ्यिता साथै अनु चौधरीको स्वागत मन्तव्य मनतव्य र  मिर्जा थारुकाे सञ्चालनमा पहिलाे दिनकाे कार्यक्रम सम्पन्न भएकाे थियाे ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu