रन्जन चौधरी ,,
कोल्हवी:= बाराको करैया माइ गाउँपालिमा सृजनशिल युवा क्ल्ब पिपराद्वारा पंचगछिया खेल मैदानमा हुन गैरहेको तेश्रो पिपरा गोल्ड कपको सम्पुर्ण तयारी अन्तिम चरनमा पुगेको छ।
श्री नेपाल राष्ट्रिय नि. मा.बि पिपराको हलमा आज सनिवार पत्रकार समेलन गरि तेश्रो पिपरा गोल्ड कप खेल हुने बारे आयोजकले जानकारी दिए। सृजनशिल युवा क्ल्ब पिपराका अध्यक्ष बृजमोहन चौधरीको सभापतित्वमा आज सनिवार सम्पन्न भएको कार्यक्रममा करैयामाइ गाउँपालिकाका प्रमुख भुनेश्वर धामी , पुर्ब गा.बि.स अध्यक्ष बाल मुकुन्द चौधरी , आयोजक क्लबका सल्लाहाकार श्रीराम साह, गोपाल दास ,सुमन चौधरी ,श्रवन धामी ,सुरेश प्रशाद चौधरी,लगायतको उपस्थिती रहेको थियो। कार्यक्रममा क्लबका लालबहादुर चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियोे भने कार्यक्रमका संचालन जितेन्द्र चौधरीले गरेका थिए।
अनुमानित ४८ लाखको लागतमा हुन गैरहेको तेश्रो पिपरा गोल्ड कपमा भरतपुर फुटबल क्लब चितवन, विजय युथ क्बल हेटौडा, विरगंज क्लब, हिमकस्तुरी क्लब सिराहा ११, सशस्त्र प्रहरीको एपिएफ क्लब, महोतरी–११, नव जनजागृती युवा क्लब सिमरा, चौधरी–११ बारा, सलार्ही–११ गरि १० वोटा तिमको सहभागी रहने र उप्त कार्यक्रमको उदघात्न खेलकुद मन्त्री जगत बहादुर बिश्कर्माले गर्ने सृजनशिल युवा क्ल्ब पिपराका अध्यक्ष चौधरीले जानकारी दिए ।
तियोगिताको बिजेताले १ लाख ५० हजार र उपबिजेताले ७५ हजार प्राप्त गर्ने भएको छ। यसैगरी प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुनेलाई अयोजकले नगद १० हजार प्राप्त गर्ने र साथै १५ गते देखि सुरु हुने खेल २६ गते सम्म रहने तथा उप्त खेलमा महिलाहरुको लागि निसुल्क खेल हेर्न दिइने बेवास्ता मिलाएको आयोजकले जानकारी दिए //