जियलाल चौधरी,,
कोल्हवी:= बाराको करैयामाइ गाउँपलिका वडा न. ७ पिपरा पंचगछिया खेल मैदानमा जारी तेश्रो पिपरा गोल्ड कप २०७५ को दोश्रो दिन APF टिप बर्दिबास र नवजागृति युवा क्लब सिमरा बारा ०-१ को विरुद्ध APF टिप बर्दिबास (सशस्त्र प्रहरी) विजय भएको छ।
बाराको करैयामाई गाउँपालिकामा सृजनशिल युवा क्ल्ब पिपराद्वारा पंचगछिया खेल मैदानमा जारि तेश्रो पिपरा गोल्ड कपको दोश्रो दिन बिहिबार सम्पन्न भएको खेलमा ०-१ को विरुद्ध APF टिप बर्दिबास विजय भएको छ। जर्सी न.११ का कुमार दोङले हाल्फ टाइम पछि ११ मिनेट जादै पहिलो गोल गरि आफ्नो टिमलाइ विजय घोषित गराएको छ र साथै जर्सी न.११ कै कुमार दोङलाइ श्रीजनसिल युवा क्लब पिपरा बाराका अध्यक्ष बृजमोहन चौधरीले सिल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
अनुमानित ४८ लाखको लागतमा भैरहेको तेश्रो पिपरा गोल्ड कपमा हिम कस्तुरी क्लब सिरहा,धर्मस्थली युवा क्लब काठमाडौ ,FC INTERNET क्लब हेटौंडा,महोत्तरी ११ फुटबल टिम, सर्लाही ११ फुटबल टिम ,बिरगंज युथ क्लब बिरगंज गरि अझै ६ वोटा तिमहरुको सहभागी रहने र उप्त खेलमा महिलाहरुलाई निसुल्क खेल हेर्न दिने बेवास्ता मिलाएको तथा शुक्रबार हुने खेलमा FC INTERNET क्लब हेटौंडा र सर्लाही-११ फुट्बल टिम भिडने र साथै बुधबार १५ गते देखि सुरु भएको खेल २५ गते सम्म रहने आयोजकले जानकारी दिए।