जियालाल चौधरी ,,
कोल्हबी:= बाराको करैयामाइ गाउँपलिका वडा न. ७ पिपरा पंचगछिया खेल मैदानमा जारी तेश्रो पिपरा गोल्ड कप २०७५ को तेश्रो दिन AFC INTERNET क्लब हेटौंडा र सर्लाही ११ बिच भएको खेलमा ४-० को विरुद्ध सर्लाही ११ विजय भएको छ।
बाराको करैयामाई गाउँपालिकामा सृजनशिल युवा क्ल्ब पिपराद्वारा पंचगछिया खेल मैदानमा जारि तेश्रो पिपरा गोल्ड कपको तेश्रो दिन शुक्रबार सम्पन्न भएको खेलमा ४-० को विरुद्ध सर्लाही ११ विजय भएको छ। जर्सी न.७ का भरत चौधरीले खेल्को १४ मिनट जादै पहिलो गोल गरेका थिए भने जर्सी न.७ कै चौधरीले पहिलो गोलको ५ मिनेट बित्दै दोश्रो गोल गरेका थिए । जर्सी न.९ का शनि लामाले २७ मिनेट जाँदै तेश्रो गोल गरेका थिए भने जर्सी न.१० का रितिक थापाले हाल्फ टाईम पछि १० मिनेट जाँदै चौथो गोल गरि आफ्नो टिमलाइ विजय घोषित गराएको छ र साथै जर्सी न.७ का भरत चौधरीलाइ म्यान अफ दि म्याच घोषित गरिएको आयोजकले जानकारी दिए।
अनुमानित ४८ लाखको लागतमा भैरहेको तेश्रो पिपरा गोल्ड कपमा हिम कस्तुरी क्लब सिरहा,धर्मस्थली युवा क्लब काठमाडौ,महोत्तरी ११ फुटबल टिम,बिरगंज युथ क्लब बिरगंज गरि अझै ४ वोटा तिमहरुको सहभागी रहने र उप्त खेलमा महिलाहरुलाई निसुल्क खेल हेर्न दिने बेवास्ता मिलाएको तथा सनिबार हुने खेलमा महोत्तरी ११ फुटबल टिम र बिरगंज युथ क्लब,बिरगंज भिडने र साथै बुधबार १५ गते देखि सुरु भएको खेल २५ गते सम्म संचालन हुने आयोजकले जानकारी दिए।