बुटवल:= प्रहरीले कपिलवस्तुको शिवगढिमा रहेको विप्लव सहित स्थानिय आघा दजएन घरमा छापा हानेको छ । कम्युनिष्ट पार्टिको गतिविधि भैरहेको सुचनाका आधारमा प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढिमा छापा हानेको छ ।
सो पार्टिका स्थानिय नेता दुर्गाबहादुर रोकाको घरमा छापा हान्दा केहि थान हतियार भेटिएको कपिलवस्तु प्रहरीले भनाई छ । अवैध हातहतियार राखेको तथा पार्टिका अन्य नेताहरुको वैठक समेत भैरहेको सूचनाका आधारमा प्रहरीले विप्लव सहित सो पार्टिका स्थानिय नेताहरुकोघरमा छापा हानेको थियो ।
बिहीबार विहानै पुगेको प्रहरी टोलीले घर घेरा हालेपछि विप्लव समूहका नेता दुर्गाबहादुर रोका भाग्न खोज्दा गोली चलेको प्रहरीले जनाएको छ । तर बिप्लव नेतृत्वको पार्टिका एक स्थानिय कार्यकर्ताले भने समातेर वाटोमा लगेर गोलि हानेको आरोप लगाएका छन् । प्रहरीको गोली लागेर उनी घाइते भएका छन् । खुट्टामा गोली लागेका उनको अहिले बुटवलको प्रदेशिक अस्पतालमा उपचार भइरहेको छ ।
उनको घरबाट प्रहरीले एसएमजी, तीन थान म्यागजिन र चाइनिज पेस्तोल बरामद गरेको जनाएको छ । प्रहरीले सर्बसाधारणका घरमा खानतलासी गर्दा भने स्थिति तनावपूर्ण बनेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । सो क्रममा स्थानियले प्रहरी प्रशासन विरुद्ध नारावाजी समेत गरेका थिए । घटनाको विप्तृत विवरण भने प्रहरीले दिएको छ ।

