थाकसद्वारा आन्दोलनको कार्यक्रम घोषणा, भोलि काठमाडौंसहित थरुहट जिल्लामा शान्तिपूर्ण धर्ना

Thursday, 7 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
थारुवान डटकम,,
काठमाडौं := थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी थाकसले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । थाकसले पहिलो चरणअन्तरगत शान्तिपूर्ण विरोधको कार्यक्रम घोषणा गरेको छ ।
शान्तिपूर्ण आन्दोलनको कार्यक्रम अन्तरगत फागुन २४ गते भोलि (शुक्रबार) काठमाडौं उपत्यका (माइतीघर मण्डलामा)लगायत थरुहट तराईका सम्पूर्ण जिल्लाहरुको सदरमुकाम तथा प्रमुख शहरहरुमा दिउँसो ३ बजे विरोध सभा तथा धर्ना कार्यक्रम र फागुन २५ गते शनिबार थारु कल्याणकारिणी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको बहृत बैठकबसी संघर्षका भावी कार्यक्रम तथा रणनीति तय गर्नका लागि काठमाडौं उपत्यकासहित प्रत्येक जिल्लाहरुमा वृहत बैठक गर्ने निर्णय गरिएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिए ।
महामन्त्री चौधरीले थरुहट/थारुवान आन्दोलन र हिजोको अदालतको फैसलालाई मध्यनजर गर्दै शान्तिपूर्ण संघर्षका कार्यक्रम घोषणा गरिएको बताए ।
थाकसले विशुद्ध संविधानको अन्तरवस्तु पहिचान सहितको नामाङकन, सीमाङकन एवंम अधिकारका लागि शान्तिपूर्ण आन्दोलनरत राजनीतिक अभियानलाई अपराधिक तथा फौजदारी मुद्धा बनाई अदालतले फैसला गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
थाकसले टिकापुर घटना बारे सत्य, तथ्य छानविन गर्नका लागि तत्कालिन सरकारले पूर्व न्यायधीश गिरिशचन्द्र लाल दासको नेतृत्वको न्यायीक समिति, सर्वदलीय संसदीय समिति र राष्ट्रिय मावन अधिकार आयोगको प्रतिवेदनहरु सार्वजनिक नगरी अवज्ञा गर्दै न्यायलयको फैसला आउनु दुर्भाग्यपूर्ण भनेको छ ।
थाकसले सरकार र सरोकारवाला राज्यका अंगहरुलाई वैधानिक, सामाजिक राजनीतिक संगठनको कार्यक्रम एवंम अभियानहरुलाई असामाजिक र शसस्त्र आतंकारी संगठनहरु जस्तो व्यवहार अविलम्ब बन्द गर्दै छलफल, वार्ता र संवादबाट राजनीतिक सहमती र निर्णयबाट १३ बुँदे माग मुद्धा पुरा गरी झुठ्ठा मुद्धाहरु अविलम्ब फिर्ता र खारेजी गर्न माग समेत गरेको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu