रेशम चौधरीलाई जन्मकैद हुनुमा उपेन्द्र यादवको ठूलो हात (पढेर सेयर गर्नुस्)

Thursday, 7 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं := टीकापुर घटनाको मुद्दाका मुख्य अभियुक्त मानिएका रेशमलाल चौधरीविरुद्ध कैलाली जिल्ला अदालतले सुनाएको जन्मकैद फैसलामा सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधान एंव स्वास्थ्यमन्त्री उपेन्द्र यादवको ठुलो हात रहेको खुलासा भएको छ। बालुवाटार निकाट स्रोतका अनुसार राजपाले सरकारलाई समर्थन गरेर रेशमको मुद्दालाई राजनीतिक दृष्टिकोणबाट हेर्न आग्रह गरेको थियो। 
ती स्रोतले भन्यो, 'राजपाको आग्रहपछि प्रधानमन्त्री ओलीले महान्यायाधिवक्ता अग्नि खरेललाई रेशम चौधरीको मुद्दा मिलाउन संकेत गरेका थिए। तर पछि उपेन्द्र यादवको दबाब र सरकार छोड़ने धमकी दिए पछि प्रचण्डले रेशम चौधरीको विपक्षमा मुद्दा फैसला गर्न लगाएका थिए।'
आखिर किन सरकारमा रहेका उपप्रधानमंत्री उपेन्द्र यादव रेशम चौधरीको विपक्षमा उभिए? किन झुठा मुद्दामा जेल परेका रेशम चौधरी अब आजीवन कारावासको सजाय भुगतन बाध्य भएका छन्?
कारण खाेतल्दै जाँदा यसको पछाडिको खेल भने राजपालाई कुनै हालतमा राजनीतिक फाइदा नपुगोस भन्ने कुरा रहेकाे ती स्राेतकाे भनाइ छ। ती स्राेतले भन्याे,'रेशमको शपथ ग्रहण गराएर राजपाले निकै चर्चा बटुलेको थियो। यदि कथम् कदाचित रेशमको पक्षमा फैसला आउथ्यो भने त्यसले सरकारमा रहेको फोरमलाई बेफाइदा हुन्थ्यो।'
 संविधान संशोधनको नाममा सरकारमा गएको फोरमको मधेशमा निकै आलोचना भइरहेको छ। तर केही नगरेपनि संशोधन र रेशम चौधरीको विषयलाई लिएर सरकारमा सहभागी नभएकोले राजपाप्रति आम मधेशी जनता सकारात्मक हुँदै गइरहेको छ। 
राजपाले पाइरहेको यही फाइदालाई रोक्न फोरम अध्यक्ष यादवले प्रचण्डलाई प्रयोग गरी रेशम चौधरीको मुद्दामा प्रधानमन्त्रीसमेतको कुरालाई बाइपास गराउन सफल भए। यति मात्र नभएर फोरमले राजपालाई संघीय सरकारमा ल्याउने ओलीको योजनालाई मात्रै ध्वस्त पारेनन्। प्रदेश नम्बर दुईमा रहेको राजपालाई पनि सरकार बाहिर पठाउने योजनामा सफल भएका छन्।.
सोही क्रममा अदालतको उक्त फैसलाप्रतिख राजपाले आपत्तिसमेत जनाएको छ । सरकारले राजनीतिक मुद्दालाई बेग्लै रवैयाले हेरेको भन्दै राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अदालतको फैसलाविरुद्ध आफूहरु देशव्यापी आन्दोलनमा जाने बताए ।(क्ष्रोत:-नेपाल् पाना)
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu