तराई,मधेसमा हिरोगिरी देखाउने सिके राउत अन्तत: नेकपामा विलय हुँदै ।

Friday, 8 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं := स्वतन्त्र मधेसको एजेण्डासहित आन्दोलनरत  सिके राउतले आफुले नेतृत्व गरेको स्वतन्त्र मधेस गठनबन्धन बिघंठन गरि नेकपा प्रवेशको तयारी गरेका छन । 
आजै दिउँसो गठबन्धन बिघंठन गर्ने तयारी भएको राउत निकट स्रोतले जानकारी दिएको छ ।
राज्यद्रोहको मुद्दामा हिरासतमा रहेका राउत र नेकपाको नेतृत्वबीच भित्रभित्रै भएको  वार्तामा राउतले पृथकतावादी गतिविधि परित्याग गर्न आफुले नेतृत्व गरेको पार्टी समेत बिघठन गरि नेकपा प्रवेश गर्ने सहमति भएको थियो । समाचार स्रोतका अनुसार आज प्रधानमन्त्रीसहित नेकपाका शिर्ष नेताहरुको उपस्थितीमा स्वतन्त्र मधेश गठबन्धनको बिघंठन गर्ने तर नेकपामा राउतलाई दिने जिम्मेवारीको बिषयमा सहमति नजुटेका कारण पार्टी प्रवेशको घोषणा अर्को हप्ता गर्ने तयारी छ । 
अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu