(केर्नी न्युज ड्टकम)
थरुहट संघर्ष समितिद्धारा आयोजित राष्ट्रिय भेलाको तयारी पुरा
थरुहट प्रदेशको माग गर्दै आएको थरुहट थारुवान संघर्ष समितिले थरुहट आन्दोलन, नेतृत्व र अबको बाटो विषयक राष्ट्रिय भेला हुन लागेको छ । संघर्ष समिति र थारु कल्याणकारिणी सभाले चैत १६ गते बर्दियामा भेलाको तयारी थालेको हो ।
थारु कल्याणकारीणि सभा कैलालीका उपाध्यक्ष माधब चौधरीका अनुसार तयारी एकदमै राम्रो भएको छ, सबै तयारी पुरा भयो छलफलमा सहभागी भई निर्णय गर्नको लागि समन्वय भइरहेको जानकारी दिए । उनले थाकस केन्द्रीय कार्यालयसंगपनि छलफल र समन्वय भईरहेको बताए ।
उनले भेलामा २०७२ भदौ ७ गते टीकापुर घटना घटेपछि उठ्न नसेको सो आन्दोलनबारे रणनैतिक योजना तय गर्नेबारे छलफल हुने बताए ।
फागुन २२ गते जिल्ला अदालत कैलालीको फैससा आएपछि जेल सजाय भुक्तान गरेका थारु नेता, अगुवासहितको उपस्थितिमा राष्ट्रिय भेला हुने उनले बताए ।
फागुन २२ गते जिल्ला अदालत कैलालीको फैससा आएपछि जेल सजाय भुक्तान गरेका थारु नेता, अगुवासहितको उपस्थितिमा राष्ट्रिय भेला हुने उनले बताए ।
उक्त भेला तीनवटा उद्देश्यमा केन्द्रित हुने जनाइएको छ । टीकापुर मुद्दा र अदालतको फैसला, थरुहट आन्दोलनको अवस्था, मोर्चाबन्दी, नेतृत्व एवं भावी संघर्षका कार्यक्रमहरू र कारागार अनुभव सेयरिङसहित निष्कर्षमा पुगिने योजना रहेको छ ।