एसियन लाईफ इन्स्योरेन्स कं.लि द्वारा मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न ।

Wednesday, 27 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
(बारा सम्बादाता )
कोल्हवी := बाराको कोल्हबी नगरपालिका वडा न.१ स्थित रहेका एसियन लाईफ इन्स्योरेन्स कं.लि द्वारा मंगलबार एक समारोहका बिच मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न भएको छ। 

एसियन लाईफ इन्स्योरेन्स कं.लि उप-शाखा कोल्हवीका प्रबन्धक श्रीराम कुर्मीको अध्यक्ष्ातामा सम्पन्न भएको कार्यक्रममा कोल्हवी नगरपालिका वडा न.१ का वडा अध्यक्ष बिरेन्द्र चौधरी ,समाजसेबि हरिहर चौधरी,प्रभु जैसवाल लगायतले मन्तव्य राख्नु भएको थियो भने कोल्हवी नगरपालिका वडा न.१ का वडा अध्यक्ष बिरेन्द्र चौधरीले मन्तव्यका क्रममा उक्त इन्स्योरेन्स कम्पनीले पहिलो चोटि मृत्यु दाबी भुक्तानी उपलब्ध गराएको उनले बताए ।

कार्यक्रममा इन्स्योरेन्स गराएकी बाराको साबिक गा.बि.बछन्पुर्बा वाड न.३ टोल थस्कौल हाल कोल्हवी नगरपालिका वडा न.११बस्ने रामबरण प्रसाद चौधरीको अन्दाजी बर्ष ५० कि श्रीमति लालकी देवि थारुको पथरी अप्रेसन बिग्रेको कारण माघ १९ गते उनिको निधन भएको हुनाले निधन भएकी लालकी देविले १६००० रकम जम्मा गरेकी थिइन ।

निधन पछि मंगलबार एसियन लाईफ इन्स्योरेन्स कं.लि. द्वारा मृत्यु दाबी भुक्तानी कार्यक्रममा उनको श्रीमान रामबरन चौधरीलाई १,१७,७०० सिटिजेन बैंकका चेक कोल्हवी नगरपालिका वडा न.१ का वडा अध्यक्ष बिरेन्द्र चौधरीले हस्तान्तरण गर्नु भएको थियो ।इन्स्योरेन्स रकम हस्तान्तरण कार्यक्रममा वडा न.११ का वडा अध्यक्ष नन्द किशोर चौधरी,वडा न.९ का वडा अध्यक्ष योगेश चौधरी,समाजसेबि,सुरक्षाकर्मी लगायतका सहभागिता रहेको थियो।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu