थारु डान्स स्टारको उपाधी प्रमानन्द चौधरी र रविन चौधरीको पोल्टामा (हार्दिक बधाई)

Wednesday, 6 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
झुम्का:= खोज नयाँ प्रतिभाको उद्देश्य राखी थारु जागरण अभिायान सुनसरीद्धारा आयोजित थारु डान्स स्टार–२०७५ ग्राण्ड फाइनलमा इटहरीका प्रमानन्द चौधरी र रविन चौधरी प्रथम स्थान हासिल गरी विजयी भएका छन ।

सुनसरीका विभिन्न ठाउँका २१ जना प्रतिस्पर्धीलाई उछनेर चौधरी विजयी भएको हो । निकै प्रतिस्पर्धा भएको ग्राण्ड फाइनल कार्यक्रममा दोस्रो स्थान इटहरी मधेलीकी प्रभा चौधरी र तेस्रो स्थान भने इटहरी बडहराकी बन्दना चौधरीले हात पारिकी छिन । विजेता हुने प्रथम, दोस्रो र तेस्राले क्रमश ः नगद १ लाख, ५० हजार र २५ हजार तथा टर्फी पुरस्कारहरु हात पारेका छन । प्रतियोगितामा टप सेभनमा रक्षा चौधरी, मिनु विक, सेविका र इन्दिरा चौधरी, आषिश चौधरी, सुरज चौधरी, रविना चौधरी र सदिक्षा चौधरी पर्न सफल भएका थिए ।


गाउँ तथा शहरमा रहेका थारु युवा युवतीमा लुकिएको प्रतिभालाई उजागर गर्ने उद्धेश्य साथ थारु डान्स स्टार प्रतियोगिताको विभिन्न सहरहरु झुम्का, इटहरी, खनार, इनरुवा, दुहवी, कलाबञ्जर लगायतको शहरमा अडिशन शुरु गरिएको थियो ।

थारु डान्स स्टार–२०७५ प्रतियोगिता सुनसरी जिल्लाको इतिहासको यो पहिलो प्रतियोगिता हो । यो प्रतियोगिता प्रत्येक बर्ष सञ्चालन हुने थारु जागरण अभियान सुनसरीका निर्देशक निशान प्रकृति थारुले जानकारी दिएका छन ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu