रन्जन चौधरी,,
(बारा सम्बादाता )
कोल्हबी:= बाराको करैयामाइ गाउँपलिका वडा न. ७ पिपरामा जारी करैयामाइ तेश्रो पिपरा गोल्ड कप २०७५ को सातौं दिन मंगलवार बारा११ र सर्लाही११ बिच भएको खेलमा २-० विरुद्ध सर्लाही११ विजय भएको छ।
बाराको करैयामाइ गाउँपलिका वडा न. ७ पिपरा पंचगछिया खेल मैदानमा जारी तेश्रो पिपरा गोल्ड कप २०७५ को सातौं दिन मंगलवार बारा११ र सर्लाही११ बिच भएको पहिलो सेमिफाइनल खेलमा २-० को विरुद्ध सर्लाही११ विजय भएको छ। दुई टिम बिच प्रतिस्पर्धा हुँदा समय अवधि दुई टिम बिच गोल नहुदा खेल ट्राइब्रेकरमा दकेलिएको थियो। दुई टिम बिच ट्राइब्रेकरमा प्रतिस्पर्धा हुँदा २-० को विरुद्ध सर्लाही११ विजय भएका छन् ।
अनुमानित ४८ लाखको लागतमा भैरहेको तेश्रो पिपरा गोल्ड कप १५ गते बुधबार देखि सुरु भएको र २५ गते सनिबार सम्म रहने सृजनशिल युवा क्ल्ब पिपराका अध्यक्ष बृजमोहन चौधरी जानकारी दिए । उप्त खेलमा महिलाहरुलाई निसुल्क खेल हेर्न दिने बेवास्ता मिलाएको छ तथा बुधबार हुने दोस्रो सेमिफाइनलको खेलमा बिरगंज युथ क्लब,बिरगंज र APF टिप बर्दिबास बिच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए।