बिप्लव निकट नेकपाको मलेसियाको सेलाङ्गर राज्यमा संगठन बिस्तार ।

Monday, 4 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
सन्तोष  योन्जन  तामाङ,,
मलेसिया := नेपाल  कम्युनिस्ट पार्टी विप्लव निकट जनप्रगतिसिल मोर्चा मलेसियाले मलेसियाको सेलाङ्गर राज्यमा पनि आइतबार क्षेत्रीय संगठन बिस्तार गरिइएको छ। 

मलेसियामा स्थापना काल देखिनै मजदुरहरुको हकहितको लागी निरन्तर आवाज उठाउदै अाएको र एकिकृत क्रान्तिको माध्यमबाट बाकीँ क्रान्ति पूरा गर्ने लक्ष्य सहित प्रवासमा पनि संगठन बिस्तार सुदृढीकरण अभियान लाई तिब्रता दिइरहेको साथै संगठन प्रति सम्पूर्णमा बिश्वासभरौसा बढ्दै गैइरहेको मोर्चाको महासचिव सन्दिपले बताए ।

मुख्यत विप्लव नेतृत्वको नेकपाले राष्ट्रिय स्वाधिनता र जनजीविकाको मुद्दा साथै दलाल भ्रष्टाचारी तस्करी माथि गरिरहेको संघर्षले गर्दा सम्पूर्ण नेपाली श्रमिकहरु प्रवास बाटै उत्साहित रुपमा साथ समर्थन जनाउँदै एक जुट भई अगाडि बढाउने क्रमलाई निरन्तर निरन्तरता दिइरहेको छ ।

पार्टीको सेक्रेटरी महेश ओलिको प्रमुख आतिथ्यता र मोर्चा अध्यक्ष बिजय लामाको विशेष उपस्तिथिमा
हुकुम क्षेत्रीको अध्यक्षतामा ११ कार्यसमिती सदस्यी सेलाङ्गर राज्य नयाँ कार्यसमिति निर्माण गरिएको छ । कार्यसमितीहरुको नमावली क्रमश निम्न प्रकारको रहेको छ।
१) अध्यक्ष : हुकुम केसि
२) उपाध्यक्ष : कमल थापा
३) महासचिव : नारयण खत्री
४) कोषाध्यक्ष :श्याम बहादुर लामा
सदस्याहरु
५) सन्जय कुमार महत्तो
६) बिनय राम पुरि
७) चन्द्र थापा मगर
८) कृष्ण श्रेष्ठ
९) भोला उप्रेती
१०) सिजल तमु
११) बैँस बाहादुर चौधरी 

समिती गठन कार्यक्रममा बोल्दै पार्टीका सेक्रेटरी महेश वलिले राज्यले अहिलेसम्म कुनै पनि जनताको हितमा काम नगरेको र प्रवासमा भएका लाखौं मजदुरहरुले करोडौं रेमिटेन्स भित्र्याउने काम गरेको र सोही रकम राज्यको भ्रष्ट नेताहरुले भ्रष्टाचार गरेको भन्दै आक्रोश पोख्नु भयो ।
यता संगठन निर्माण र क्रान्तिको अवाश्यकता बारे अध्यक्ष बिजय लामा र उपाध्यक्ष तुफानले प्रष्ट गर्दै सम्पूर्ण नवगठित समितिलाई सफल कार्यकालको निम्ति शुभकामना दिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu