अर्पण मगर,,
मलेसिया:=नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङ ले आयोजना गरेको ३७ औ मगर दिवसको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सहित भब्यता को साथ सम्पन्न भएको छ।
”मगर संघ को ३७औ मगर दिबस संसारभर भब्यता को साथ मनाऔ”।”मगर गाउँ बस्ती बस्ती मा मगर संघ पुराऔ “भन्ने मुल नाराको साथ आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथिमा नेपाल मगर संघ मलेसिया का केन्द्रिय बरिस्ठ उपाध्यक्ष बेग आले मगर ,अन्य अतिथि मा केन्द्रिय सचिब राम प्रसाद पुन,जन उद्दार केन्द्र का उपाध्यक्ष आकाश श्रेष्ठ , अन्तर्राष्ट्रिय थारु सेवा समाज क्षेत्रीय कमिटी पेनाङ का अध्यक्ष प्रेम चौधरी ,किरात याक्खा साखा मलेसिया केन्द्रिय सह सचीव केबल कुरुङ राई,सिटिएक्सप्रेस मणि ट्रान्सर्फमर का बिरस पुन, तमु सेवा समाज बाट मोहन गुरुङ लगाएयत को उपस्थित रहेको थियो।त्यस्तै प्रमुख अतिथि बेग आले मगर ले नेपाल को प्रथम सहिद लखन थापा मगर को भुमिका बारे चर्चा गरेका थिए।

लखन थापा लाई प्रथम सहिद घोषणा गरेर पनि राज्य ले बेवास्ता गरेको कुरा उपस्थित माझ राखेको थियो।त्यस्तै कार्यक्रम मा मगर संघ क्षेत्रीय कमिटी पेनाङ का सम्पूर्ण सदस्य हरु आफ्नै भेषभुषामा उपस्थित भइ मगर गित मा विभिन्न नित्य प्रस्तुति देखाएका थिए।
कार्यक्रममा स्थानीय कलाकार डान्सर ,निशु मगर,गायक मिलन पुन,गायिका,अनु मगर ,डान्सर इन्दिरा मगर,क्रेन्जल लामा ,बसन्ती घिमिरे ,गायक तथा संगीतकार भेषराज बस्नेत ,डान्सर टेक बहादुर लुङ्गेली आदि ले उपस्थित दर्शक र अतिथि हरु लाई मनोरञ्जन दिलाएका थिए।नेपाल मगर संघ क्षेत्रीय कमिटी पेनाङ उपाध्यक्ष श्रवण लुङ्गेली ले जानकारी दिएर अनुसार करिब १०० जना को उपस्थिति रहेको कार्यक्रम को अध्यक्षता क्षेत्रीय कमिटी अध्यक्ष युबराज राना मगर ले गरेका थिए ,भने कार्यक्रम सन्चालन संघ का सचीव देवान दुखी मगर ले गरेको थियो ।