२-० को विरुद्ध APF टिप बर्दिबास विजय ।

Tuesday 5 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
रन्जन चौधरी,(बारा सम्बादाता )
कोल्हवी:= बाराको करैयामाइ गाउँपलिका वडा न. ७ पिपरा पंचगछिया खेल मैदानमा जारी तेश्रो पिपरा गोल्ड कप २०७५ को छैटौं दिन सोमबार APF टिप बर्दिबास र धर्मस्थली युवा क्लब,काठमाडौं  बिच भएको खेलमा २-० को विरुद्ध APF टिप बर्दिबास विजय भएको छ। 
 
APF टिप बर्दिबासका जर्सी न.११ का कुमार दोङले खेल्को पहिलो हाल्फको ३३ मिनट जादै पहिलो गोल गरेका थिए भने जर्सी न.१० का मोनु थापाले डि-एरिया भित्र फल भएकोले ट्राइब्रेकर हान्दा खेल्को दोश्रो हाल्फको ३७ मिनेट बित्दै दोश्रो गोल थपी आफ्नो टिमलाइ विजय घोषित गराएको छ। खेलको म्यान अफ दि म्याच APF टिप बर्दिबासका जर्सी न.११ का कुमार दोङलाई सृजनशिल युवा क्ल्ब पिपराका सदस्य जगरनाथ चौधरीले मेडल, प्रमाण सहित घोषित गर्नु भएको थियो।   

अनुमानित ४८ लाखको लागतमा भैरहेको तेश्रो पिपरा गोल्ड कप १५ गते बुधबार देखि सुरु भएको र २५  गते सनिबार सम्म रहने सृजनशिल युवा क्ल्ब पिपराका अध्यक्ष बृजमोहन चौधरी जानकारी दिए । उप्त खेलमा महिलाहरुलाई निसुल्क खेल हेर्न दिने बेवास्ता मिलाएको छ तथा मंगलबार हुने पहिलो सेमिफाइनलको खेलमा बारा ११ र सर्लाही ११ भिडने आयोजकले जानकारी दिए।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu