थारु राष्ट्रिय गित " मलाई गर्व छ थारु हुनुमा " युट्युबमा सार्वजनिक (तलको लिङ्क क्लिक गरि हेरेर सेयर गर्नुस्)

Monday, 15 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,
हमार सनेश ड्टकम,,
डेढ दशक देखि निरन्तर सञ्चार माध्यम र सांगितिक क्षेत्रमा लागेका चार्चित गायक श्री निवास चौधरी, विभिन्न भाषा भाषिक गितहरु गाउनुका साथै विभिन्न परिवेष अनुसारका गितहरु गाउने गायक हुन । 

२०५९ साल देखि गायन प्रशिक्षण लिदै २०६१ सालमा आफ्नो पहिलो एल्बमको रुपमा ( हाय रे छौकिया) नामक गीति एल्बम निकालेका थिए जुन एल्बमका गितहरु निकै चर्चित बनेको थियो,छौकिया नाचे नाचे,जनम जनम मै तोहार ,गरिबवा के जिन्दगी,बोलका गितहरु त्यो ताका निकै चर्चामा थिए भने,२०६४ सालमा( दिल के रानि) एल्बमको ( चोरी चोरी दिल मोर तु चोरा लेहलो) बोलको गित निकै चर्चा पाएको थियो भने,२०६७ सालमा ( जवनिया तहल्का मचा देहल) एल्बम मा रहेको हङ्गामा बोल को गित ले सान्चिकै हङ्गामा मचाएको थियो त्यसै गरि २०६९ तिर सावन मर्चाहा को ( तोहरिक हम भुला न सकली) फिल्म को टाईटल गित निकै चर्चित रहेको थियो, त्यसै गरि २०६९ मै ( भौजी कटि ना जाडा रजाइ से) भोजपुरी  एल्बम को (गोरिया ओढनी बिना) बोलको गित पनि उतैकै चर्चा पाएको थियो,त्यसै गरि,२०७० तिर (चली बोलबम जलवा चढाये) नामक   भजन को आइल सावन के महिना बोलको गित अझै पनि हरेक साल साउन महिना मा बज्ने गर्द्छ,त्यसै गरि २०७२ सालमा ( आदिवासी थारु हमरे बोलको गित) ले सारा थारुहरुको मनस पटलमा बस्न सफल भयो,त्यसै गरि २०७५ सालमा सर्बाधिक रुचाएको गित नजर से नजरिया मिलाकेले सारा रेकर्ड तोड्न सफल भयो।

अहिले पुनः सारा थारुहरु लाई एक सुत्रमा बाध्नको लागि,एकजुट हुन प्रेरणा स्वरुप सम्पुर्ण थारु हरुको हक अधिकारका आवाजहरु ,थरुहट आन्दोलन लगायतको भोगाई सम्बन्धि शब्दहरु समेटिएको सहितको उनै चर्चित गायक श्री निवासले , (मलाइ गर्व छ थारु हुनु मा) बोलको थारु राष्ट्रिय गित नेपाली नयाँ बर्ष २०७६ को शुभ आगमन सङ्गै आफनै youtube chanal (shriniwash chaudhary) बाट विश्व ब्यापी रुपमा अडियो भर्सन सार्बजनिक गरेको छ।

छबिलाल कोपिला अनि अक्सु दिनेश दहितको शब्द ,गणेश चौधरी सङ्गित समायोजनमा , गायक श्री निवास चौधरीले नै स्वर भरेको छ।विभिन्न समाजिक संघसंस्थाहरुको सहयोगमा यो गित निमार्ण गरिएको हो।खास गरि थारु कल्याणकारीणि सभा युएई , त्यसै गरि रुपन्देही जिल्ला निवासी समाजसेवी दिपक चौधरी लगायतको विशेष सहयोगमा निर्माण भएको उक्त गित को भिडियो निर्माणको काम पनि चाडैं सुरु गर्ने गायक चौधरीले जानकारी गराउदै सम्पुर्ण सहयोगी मनका धनीहरु संग सहयोगको लागी अपिल समेत गरे ।
तलको लिङ्कमा क्लिक गरि पूरा अडियो गित सुन्नुहोस् :- 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu