टाटासुमोले ठक्कर दिदा बाराका पत्रकार जियालाल चौधरी गम्भीर घाइते ।(Get well soon)

Monday, 15 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
कोल्हबी:= प्रदेश नम्बर २ स्थित बाराका पत्रकार जियालाल चौधरी र उनको श्रीमती सुनिता चौधरी सोमबार साँझ मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । 

जिल्लाको कोल्हबी नगरपालिका ७ पर्सौना बजार नजिकै टाटासुमोले चौधरीको मोटरसाईकललाई ठक्कर दिएको हो । साँझ सबा ६ बजे उनि चढेको प्लाटिना मोटरसाईकललाई ना १ ज ३६०६ नम्बरको टाटासुमोले ठक्कर दिएको थियो । 

घाइते पत्रकार चौधरीको अवस्था हाल खतरा मुक्त रहे पनि चौधरीको श्रीमतीको अवस्था भने अलिक नाजुक रहेको चौधरीको छोरो रन्जन चौधरीले जानकारी दिए।कोल्हवीको स्थानिय अस्पतालमा उपचार गराईरहेको बेला अवस्था गम्भीर देखिए पछि थप उपचारको लागी घाईते दुबै जनालाई तुरुन्त बिरगंज लगिएको छ ।

जानकारी अनुसार चौधरी रक्सौलबाट घर फर्किरहेको बेला टाटासुमोले ठक्कर दिइएका हुन ।
ठक्कर दिए लगतै चालक फरार हुन खोजीरहेको थियो तर स्थानीय बासिन्दाले चालकलाई समातेर राखे , हाल चालकलाई प्रहरीले नियन्त्रणमा लिई कारवाहीको निम्ति आवश्यक सोधपुछ गरिरहेको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu