चितवन:= चितवन र धादिङलाई जोड्ने सबैभन्दा छोटो दुरीको चेपाङ मार्गमा १६ किलोमिटर पिच निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
चालु आर्थिक बर्षमा नै चितवनतर्फ ६ किलोमिटर र धादिङतर्फ १० किलोमिटर सडक कालोपत्रे गर्ने योजना अनुसार अहिले कालोपत्रेको काम भइरहेको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षको असार मसान्तसम्म १६ किलामिटर सडक कालोपत्रे भइसक्ने छ । नालासहित पिच ५ मिटर फराकिलो हुनेछ । सन्तोषी निर्माण सेवाले ठेक्का लिएर सडक पिच गरिरहेको हो ।
६२ किलोमिटर लामो चेपाङ मार्गको चितवन तर्फको ४ किलोमिटर यसअघि नै पिच भैसकेको छ । सडकखण्डको चितवन तर्फका अप्ठेरो मोड र धुम्तीमा ढलानको काम पनि अघि बढेको डिभिजन कार्यालयका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । विभिन्न ६ स्थानमा गरी करीव १ किलोमिटर जति अप्ठ्ेरो उकालोमा ढलान गरिने उनले बताए ।

चितवनको भण्डाराबाट धादिङको मलेखु जोड्ने यो सडकखण्डमा अधिकांश सिमान्तकृत चेपाङ बस्ती रहेकोले यसको नामाकरण चेपाङ मार्ग भनेर गरिएको हो।
भारत र चीनलाई सबैभन्दा छोटो दूरीमा जोड्ने ठोरी केरूङ मार्गलाई एक महत्वपूर्ण खण्डका रुपमा चेपाङ मार्ग रहेको छ । सो सडक खण्ड अन्तर्गत चितवन खण्डमा ३९ र धादिङ खण्डमा २३ किलोमिटर पर्दछ । २०६६ असोजमा ट्रयाक खुलेसँगै अहिले यो मार्गमा पिच गर्ने काम भइरहेको छ । चितवनको भण्डाराबाट कोराक, थाकलटार, देउरालीटार, कपरतक भञ्ज्याङ्ग, वासवाङ हुँदै धादिङ जिल्लाको सिमाना कान्द्राङगढीबाट महादेवस्थान र मलेखु पुग्न सकिन्छ ।

धादिङको मलेखुबाट १२ किमी दूरीमा रहेको ताल्तीसम्म यात्रु बस गुड्ने गरेका छन् । चितवनतर्फ करिब २० किमी दूरीमा रहेको यहुरालीटारसम्म यात्रु बस चल्ने गरेका छन् । जीपहरु पनि ओहोरदोहोर गर्ने गर्दछन् । विकट बस्तीका चेपाङहरु भण्डारासम्म आएर सामान बेच्ने र किन्ने गर्दछन् ।
सो सडक निर्माण भएपछि चितवनबाट काठमाडौं जाने यात्रुको सडक दुरी छोटिनेछ । भण्डाराबाट भरतपुर मुग्लिन हुँदै मलेखुसम्म जान १०६ किलोमिटरको दुरी छ।
भण्डारा मलेखु चेपाङ राजमार्ग ६२ किलोमिटर मात्र रहेकाले ४४ किलोमिटर दुरी कम हुने डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए ।

त्रिशुली नदीका कारण जोखिम पनि उत्तिकै छ । मलेखु–भण्डारा ६२ किलोमिटर दूरीलाई ५० किलोमिटर भित्रै झार्ने तयारी गरिएको छ । एडिबीको सहयोगमा सुरुङ मार्ग बनाएर सडकखण्डलाई अझैं छोटो पार्ने योजना अघि सारिएको चितवन क्षेत्र नं १ का सांसद सुरेन्द्र पाण्डेले बताए ।
वासवाङ ताल्तीखोला छेउबाट सुरूङमार्ग बनाउने प्रस्ताव एडीबीले गरेको छ यसो हुँदा भण्डारा मलेखु सडकको ६२ किलोमिटरको दूरी ५० किलोमिटरमा झार्ने योजना छ । ‘पुरानो ट्रयाकबाट माथि स्थानीयहरुको घरसम्म जाने सडक पनि कायम हुन्छ मुुख्य हाइवेका रुपमा खोलाको किनारै किनार सडक जान्छ’ सांसद पाण्डेले भने, ‘जनताको वस्ती वस्तीमा सडक लैजानु राम्रो कुरा हो तर हाइवेलाई अनावश्यक घुमाउनु राम्रो होइन ।’
सुरुङ मार्ग बन्ने सम्भावना पनि रहेकोले फराकिलो बनाएर थप लगानी तत्काल नगर्ने सोच बनाएको हुन सक्ने इन्जिनियर आचार्यले बताए ।

(सुवास पण्डित/अनलाइनखबर)