कपिलवस्तु := साङ्गितिक क्षेत्रमा निकै चर्चा कमाएका अहिलेका चर्चित गायकद्धय खेम चौधरी र समिक्षा चौधरीको सुमधुर अवाजमा रहेको “दिल यि जोर जोर से धडके लाग्ल” भन्ने बोलको थारु म्युजिक भिडियो युट्युब च्यानल खेम चौधरीद्वारा सार्वजनिक भएको छ ।
विगतका तुलनामा थारु कलाकारहरुले निकै फड्को मारेको अवस्था हाल विद्यमान रहेको छ । यस् भिडियोमा एकदमै मनोरम दृश्यलाई समावेश गरि नेपाल र छिमेकी देश भारतका विभिन्न रमणीय स्थानमा छाँयाकन गरिएको निर्माताहरुले दाबी गरेका छन् ।
सावन मर्चहाको लिरिक्स रहेको यस् गितको म्युजिक एरेन्जरमा गणेश चौधरी रहेका छन् । त्यस्तै मिक्सिमा प्रकाश केसी रहेका छन् भने मोडलिङमा आशिष र आयशा चौधरीको रोमान्स रहेको छ ।
उक्त भिडियोको निर्देशनमा चन्द्र चौधरी(चन्द) रहेका छन् भने क्यमरा मेन शाहिल चौधरी रहेका छन् । त्यस्तै मेकअपमा सोनु कुस्मी रहेको र भिडियो निकै नै चर्चामा आउने विश्वास रहेको कलाकारहरुले बताए ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस :-
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस :-