हमार सनेश सहकर्मी ,,
मलेसिया := नेपाली राजदुताबास संगको समन्वयमा यहाँ रहेका कृयाशिल संघ संस्थाहरुले २५६२ औं बुद्ध जयन्ती आगमी मे १९ तारीख आइतबार भब्यरुपमा मनाउन एक आयोजक समिति गठन गरेकोछ ।
क्वालालम्पुरको साना रेष्टुरेन्टको हलमा हिजो सम्पन्न बैठकबाट एनआरएन मलेसियाका महासचिव सुन्दर आलेको संयोजकत्वमा १५ सदस्यीय आयोजक समिति गठन भएको हो । उक्त बैठकमा एनआरएन, नेपाल ब्यबासायी समाज, नेपाल आदिबासी जनजाति महा संघ, सुदुरपश्चिमेली नेपाली समाज, तमाङ समाज, किरात राई यायोक्खा र नेपाल मगर संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा भगवान गौतम बुद्धको मुर्ति, जन्म स्थल लुम्बिनी र नेपालको गौरव झल्कने सहितको रथ तथा विभिन्न झांकी पनि प्रदर्शन गर्ने संयोजक आलेले जानकारी दिदै बुद्ध जयन्ती नेपाल र नेपालीहरुको गौरवको दिन भएकोले सबैलाई सहकार्य र समान्वयको लागि अनुरोध गर्नु भएको छ ।