यशोदा खालिङ्ग राईको ” माया मा ” बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

Tuesday, 16 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
शान्तीराज राई,,
काठमाडौं := गायिका यशोदा खालिङ्ग राईको “माया मा ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका राईको यशोदा २ नामक एल्बमको दोश्रो गीत सार्वजनिक गरिएको हो । यो गीतको म्युजिक भिडियो्मा ब्युटीसियन कमला राई, र जाङ्बु शेर्पाले अभिनय गरेका छन् ।

गीतको शब्द रचना र संगीत आशुतोश राईले गरेका हुन् भने एरेञ्ज दिनेश न्यौपानेले गरेका हुन् । यो गीतको म्युजिक भिडियोलाई शम्भु मोक्तानले छायांकन गरेका हुन् भने भिडियो सम्पादन निशान घिमिरेले गरेका छन् ।

गायिका राईको पहिलो एल्बम योशोदामा ८ वटा गीतहरु रहेका थिए भने यशोदा २ मा चाहि ९ वटा गीतहरु रहेका छन् । यस अगाडि नै ”आउछौ तिमी ” नामक भिडियो सर्वजनिक भै सकेको छ भने संगै केहि गीतहरुको म्युजिक भिडियो समेत निर्माण भै सकेका छन् । अरु गीतको पनि रेकर्डिङ्ग सकेर एल्बम विमोचनको तयारी भै रहेको छ । यस एल्बममा गजल, आधुनिक, र सेन्टिमेन्टल गीतहरु समेटिएका छन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu