सुनिल चौधरी,,
झुम्का:= रामधुनीका उच्च शिक्षामा अध्यनरत दलित बिध्यार्थिहरुलाई सुक्रवार छात्रबृति प्रदान गरेको छ । रामधुनी नगरपालिकाको सहयोगमा सर्वपक्षिय दलित सञ्जाल नगर समितिले २० जना छात्र,छात्रा बिध्यार्थिलाई बितरण गरेको हो।
रामधुनीका उपप्रमुख सबिना चौधरीको उपस्थितीमा जनहि ३ हजार पाँच सयका दरले बितरण गरेको आयोजकले जनाएको छ । रामधुनी माबि झुम्का,चन्द्रकमल माबि मर्चैया,जनता माबि सिंगीयामा अध्यनरत कक्षा ११ र १२ का साथै सुनसरी बहुमुखि क्याम्पस र पुर्वाञ्चल कलेजका अध्यनरत अति गरिब दलितका छात्र छात्रा बिध्यार्थिलाई उपलब्ध गराएको हो । दलित बिध्यार्थिहरुलाई शिक्षा प्रोत्साहनकालागी बितरण गरेको उपप्रमुख सबिना चौधरीले बताईन् ।
छात्रबृति पाउनेमा किरणकुमारी मोचि,सम्झना मोचि,सृजना बिक,मुकेश सरदार,रोसन सरदार,आरती मोचि,पुनम बोगटि,लक्षमी हरिजन,पबित्रा बिक,लक्ष्मी बिक,प्रकाश बिक,दिपक सदा,नजराज हरिजन,मनिका बिक,राजु सदा,सुरज बिक,अन्जली सेन्चुरी,हिरालाल खत्वे,बिनु बिक र गौरी परियार रहेका छन् ।
सर्वपक्षिय दलित सञ्जाल नगर समितिका अध्यक्ष रामकुमार मोचिको सभापतित्वमा भएको बितरण कार्यक्रममा उपप्रमुख सबिना चौधरीले छात्रबृति बितरण गर्दै छात्रबृति रकम सहि सदुपयोग गर्नुपर्ने धारणा ब्यक्त गरिन् । त्यसैगरी कार्यपालिका सदस्य सर्मिला बिक,टिका लक्ष्मि श्रेष्ठ,मिश्रिलाल हरिजन,प्रधानमन्त्रि रोजगार कार्यक्रम अधिकृत खगेन्द्र सुब्बाले बितरण गरेका हुन । कार्यक्रममा समितिका सदस्य पुनम बिकले स्वागत मन्तब्य राखेकी थिईन् । यसभन्दा पहिले नेतृत्व तह सम्म पहुचकालागी रामधुनीका दलित महिलाहरुलाई नेतृत्व,क्षमता,अधिकार सम्बन्धि तिन दिन तालिम सम्पन्न गरेको हो ।


