रामधुनी स्थित खवर पाउँ संस्थाको दोस्रो रक्तदान कार्यक्रमबाट ८६ पिन्ट रगत संकलन

Saturday, 15 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी,,
झुम्का:= रामधुनी स्थित खवर पाउँ संस्थाले सुक्रवार गरेको रक्तदान कार्यक्रमबाट ८६ पिन्ट रगत संकलन भएको छ । बिश्व रक्तदाता दिवसको अवसरमा गर्दै आएको रक्तदान कार्यक्रम यस बर्षपनि रगत संकलनमा सहयोग पुर्याएका छन्।

नेपाल रेडक्रस सोसाईटि जिल्ला सुनसरी धरान शाखाले रक्तादन कार्यक्रममा प्राबिधिक सहयोग गरेको छ । रक्तदान जिवनदान रहेकोले सामाजिक तथा सेवात्मककार्य रहेकोले युवाहरु अग्रसर भएको खवर पाउँका अध्यक्ष जिवन श्रेष्ठले बताए ।

सामाजिक कार्यक्रमा क्रियासिल युवाहरुको संस्था खवर पाउँले समृद समाज र बिकास युक्त गाउँ सहर युवाहरुको रहर उधेश्य राखि समाजमा सहयोग पुर्याउदै आएका छन् । आगामी दिनहरुमा पनि समाज समृद्धकालागी योजनाबद्ध रुपमा लाग्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । कार्यक्रम लगुना चौक स्थित गरेको थियो । संस्थाले गतबर्षको रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत संकलन गरेको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu