सुनाखरी मगर,,
क्वालालम्पुर (मलेसिया) := मलेसियाको डब्लु.आर.पि.एसिया प्यासिफिक ग्लोभ कम्पनीमा पुनः दुई महिनादेखि काम गरेको तलव नपाएपछि आजदेखि नेपाली सहित विभिन्न देशको श्रमिकहरुले काम छोडेर हडतालमा उत्रिएको छ ।
दुई महिना देखिको तलव रोकिएको, अघिल्लो महिना पाँच सय मलेसियन रिङ्गिट दिएको र यो महिना खानको लागि मात्रै मलेसियन रिङ्गिट एक सय रुपैया दिएपछि सबै मजदुर हरुले काम छोडेर आजदेखी काम नगरी पुनः हडतालमा उत्रिएको सोहि कम्पनी मा कार्यरत सल्यान जिल्ला निवासी महेन्द्र मगरले बताए ।
छ महिना अघि मात्रै पनि तीन महिनासम्म को तलब रोकिएपछि कामदार हरु कम्पनी विरुद्ध हडतालमा उत्रिनु परेको थियो।
हडताल पछि नेपाली राजदूतावास,बाङ्लादेशि दूतावास र कम्पनी को सामुहिक बैठक बसेको थियो । बैठकपछि रोकिएको तलब दिने र अबदेखी समयमै तलब दिने सहमति पछि श्रमिक हरु काममा फिर्ता गएको थियो। उक्त कम्पनी मा दुई हजार जति नेपाली हरु हडतालमा उत्रिएको थियो । कम्पनीले तिन महिना देखि तलब रोकेको,अतिरिक्त समय काम गरेको रकम पनि नदिएको र अनावश्यक तरिकाले पैसा काटेको यस् अघि पनि अनुसन्धानमा खुलेको थियो ।
पहिला पनि उक्त कम्पनीले कामदारलाई तलब नदिइएको बिषयमा नेपाली लगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समाचार प्रकाशन भएको थियो भने कम्पनीले रबरको पन्जा उत्पादन गर्ने काम गर्दछ।