३० विद्यार्थीलाई १२ हजार छात्रवृति वितरण ।

Thursday, 27 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
रामअवतार चौधरी  ,,
कपिलवस्तु :=कपिलवस्तुको शिवराज नगरपालिका–३, भितरियामा रहेको श्री धर्म ज्योति आधारभूत विद्यालयले बिहिबार एक कार्यक्रमका बीच छात्रवृति वितरण गरेको छ । सोही विद्यालयमा अध्ययनरत दलित, जनजाति र अन्य गरि १ छात्र, २९ छात्रा, विद्यार्थीलाई रु.१२ हजार बराबरको छात्रवृति वितरण गरिएको हो ।

शिवराज नगरपालिका अन्र्तगत पर्ने धर्म ज्योति आधारभूत विद्यालय विकट स्थानको विद्यालयबाट टाढा नरहेको विद्यमान छ । र पनि विगत करिब एक दशकदेखि कक्षा १ देखि ५ सम्म सञ्चलानमा रहँदै आएको विद्यालयमा यसरी व्यवस्थापन समितिको उपस्थिति गरेर कार्यक्रमको आयोजना गरेकोमा अभिभावक संघका अध्यक्ष हर्जु थारुले खुलेरै प्रशंशा गरेका छन् ।


त्यसैगरी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष उमा सापकोटाले विगतका दिन भन्दा भौतिकपूर्वाधार देखि लिएर विद्यालय आउने विद्यार्थीहरुको संख्यामा समेत वृद्धि भई निकै सुधार भएको दावी गरिन् ।
उक्त कार्यक्रम उमा सापकाटाको अध्यक्षता, समाजसेवी कष्ण भण्डारीको आतिथ्यिता, विद्यार्थी लगायत अभिभावकहरुको उपस्थिति र शिक्षक देवी प्रसाद बेल्बासेको सञ्चलानमा वितरण गरिएको प्रधानाध्यापक खगेन्द्र बेल्बासेले जानकारी गराए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu