संस्कार समाजको सचेतना कार्यक्रम सम्पन्न ।

Sunday, 9 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
काठमाडौं:= ‘असल संस्कार सिकौं, सिकाऔं, आफ्नो देश आफैं बनाऔं ।’ भन्ने मूल नारासहित विगत दुई वर्षदेखि संचालन हुदै आएको महाअभियान अन्र्तगत जनचेतनामूलक तथा सरसफाई कार्यक्रमको १०० औं श्रृङ्खला ः सचेतना कार्यक्रम शनिवार भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका ३२ ओटै वडाका वडा अध्यक्षहरुको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा वातावरणसँग सम्वन्धित विभिन्न निकायका लब्ध, प्रतिष्ठित व्यक्तित्वहरु, विद्यालय तथा सामाजिक अभियन्ताहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष पशुपति गुरुङले छोटो समयमा सबैको साथ र सहयोग पाउन सकेको भन्दै संस्थाको सफलताको श्रेय अभियन्ताहरुलाई प्रदान गरिन ।१०० औं श्रृङ्खला पुगेको खुशीयालीमा गुरुङले आफूले सेवा र भावनाको संस्कार बाल्यकालदेखि नै पाएको र हजुरवुवा, वुवाको प्रेरणाले गर्दा सामाजिक सेवामा लागेको बताइन । संस्थालाई कुनै पनि आर्थिक, सहयोग कतैबाट प्राप्त नभए पनि स्वतस्फूर्त रुपमा खर्च गरेर संस्थालाई अगाडि बढाइरहेको जानकारी गुरुङले दिईन । जीवनमा सबैभन्दा ठूलो कुरा स्वास्थ्य रहेको र स्वास्थ्य सिधा अर्थमा हाम्रो जीवनसँग, पहिचान र परिचयसँग जोडिने कुरा भएकोले संस्कारको सुरुवात सरसफाईबाट नै गर्दा प्रभावकारी हुने भएकोले आफूहरुले अभियान सरसफाई तथा जनचेतनामूलक कार्यक्रमबाट गरेको बताइन । स्कूल स्कूलमा असल संस्कार, टोलटोलमा असल संस्कार लगायतका कार्यक्रमहरुसमेत प्रभावकारी तवरले अगाडि बढाएको अध्यक्ष गुरुङले जानकारी दिईन । 


त्यस्तै कार्यक्रमको उद्घाटन गर्दै विशेष अतिथि काठमाडौं महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष ख्यामराज तिवारीले अन्य संघ, संस्थाहरुलाई समेत उदाहरणीय काम गरेको बताए । संस्थाले छोटो समयमा यति उचाइ हासिल गरेकोमा बधाई दिदै आगामि कार्यक्रमहरुलाई वडा कार्यलयका तर्फबाट गर्नु पर्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै यातायात व्यवसायी राष्ट्रिय महासंघ, महासचिव सरोज सिटौलाले वातावरणका सन्दर्भमा राज्यले गर्नु पर्ने चेतनामूलक काम संस्कार समाज नेपालले गर्दै आएको उल्लेख गर्दै पशुपति गुरुङले अगाडि बढाएको अभियान सह्राहनीय रहेको बताए । त्यस्तै साहित्यकार समालोचक राजन न्यौपानेले पनि संस्थाको फोहोरमैला सफा गर्ने काम नगरी हरेक मानिसको मष्तिस्कको फोहोर सफा गर्ने संस्थाको रुपमा स्थापित भएको बताए । काठमाडौं विकास प्राधिकरण प्रवत्ता केशवप्रसाद न्यौपानेले वातावरण र जनचेतनामूलक कार्यक्रम गर्दै आएको संस्कार समाज नेपालको अभियानमा सबै नेपालीहरु सहभागित हुनु पर्ने आवश्यका औल्याए । 
त्यस्तै कार्यक्रममा उपत्यका ट्याक्सी व्यवसायी चालक सेवा समाजका अधयक्ष सानु पूर्व थानेश्वर मगर, संस्कार इङ्लिस स्कूलका प्रिन्सिपल प्रकाश पन्तले पनि शुभकामना व्यक्त गरे । नियमित अभियन्ता शर्मिला आचार्यले आफ्ना अनुभवहरु सुनाउदै अभियान मन परेकोले आफू हरेक अभियानमा काभ्रेबाट आउने गरेको बताईन । 
कार्यक्रममा श्रमका पुजारीका रुपमा पानीपुरी तथा चटपटको व्यवसाय गर्दै आएका सोनु गुरुङ र टेक बहादुर गुरुङलाई सम्मान गरियो भने विष्णु पोखरेललाई संरक्षक सदस्यता पत्र प्रदान गरियो । 

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका वविता बानियाँ जेरी र वसन्त वि.क.ले सांस्कृतिक प्रस्तुती दिएर मनोरञ्जन प्रदान गरेका थिए । 
गोगंवु आवास क्षेत्र डबलीमा सम्पन्न उक्त कार्यक्रमको संचालन संस्थाका संरक्षक सदस्य प्रकाश समीरले संचालन गरेका थिए । कार्यक्रम स्थल पुष्पगुच्छाहरुले सिंगार्नुका साथै पुष्पगुच्छाहरु जोडेर १०० औं श्रृङ्खला लेखिएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu