थरुहट - थारुवान संयुक्त संघर्ष समिति कैलालीको संयोजकमा माधव थारु चयन ।

Sunday, 16 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}




लखन चौधरी ,,
धनगढी:= राज्यको प्रादेशिक संरचना र संविधानप्रति विमति जनाउँदै आएको थरुहट÷थारुवान संयुक्त संघर्ष समिति कैलालीले नयाँ नेतृत्व चयन गरेको छ ।

कैलालीको भजनीमा शनिबार भएको जिल्ला भेलाबाट थारु कल्याणकारिणी सभा कैलालीका उपसभापति एंव यूवा नेता माधव थारुको संयोजकत्वमा ५१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
समितिका संयोजक थारुले पहिचान तथा अधिकार प्राप्तिको लागि पहिचान पक्षधर तथा उत्पीडित पक्षलाई एकजुट गराउँदै आन्दोलनलाई उचाईमा पु¥याएरै छोड्ने ठोकुवा गरे । 

सो समितिले आउँदो भदौ ७, ८ र ९ गते टीकापुरमा हुने राष्ट्रिय भेलाको तयारी समेत गर्ने भएको छ । टीकापुर घटना घटेको भदौ ७ र ८ गतेको दिनलाई टीकापुरमै कालो दिनकै रुपमा मनाउने समेत संयोजक थारुले बताए ।
आयोजित सो जिल्ला भेलामा थरुहट नेता लक्ष्मण थारु, कृष्णकुमार चौधरी, होरीलाल चौधरी, प्रदेश सभा सदस्य मालामति रानालायतको पनि उपस्थिति रहेको थियो । भेलामा सहभागी थारु नेताले कुनै पनि हालतमा मौजुदा सुदूरपश्चिम प्रदेशसहितको प्रादेशिक संरचना स्वीकार नगर्ने बताए । 

जसको विरुद्ध आन्दोलन चर्काउन बताउँदै उनीहरुले टीकापुर घटनामा निर्दोष थारुहरुलाई सुनियोजित ढंगले राज्यले मुुद्धा लगाएर फसाएको पनि ठोकुवा गरे । टीकापुर घटना राजनीतिक घटना भएकोले राजनीतिक ढंगले नै सम्बोधन गरिनुपर्ने उनीहरुको भनाई थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu