थारु कल्याणकारीणी सभा केन्द्रिय समितिद्धारा अनुशासन तथा जाँचबुझ समिति गठन ।

Sunday, 16 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी,,
झुम्का:= थारु कल्याणकारीणी सभामा आउने गुनासाहरुलाई कार्यन्वयन तथा पदाधिकारीहरुको पद अनुसारको गतिबिधि बिपरित हुने अवस्थाको जाँच बुझ गर्नकालागी केन्द्रिय समितिद्धारा अनुशासन तथा जाँचबुझ समिति गठन गरेको छ । थारुको अधिकार प्राप्तिकालागी संघर्षरत्त अवस्थामा सभाका पदाधिकारीहरु अबैधानिक संस्थामा अबैधानिक रुपमै संलग्न हुने ब्यवहार प्रतिको ध्यान आकर्षण भएको भन्दै मानबहादुर चौधरीको संयोजकमा अनुशासन तथा जाँचबुझ समिति गठन गरेको हो ।

२०७६ जेष्ठ २१ गते सभाको सञ्चालक समितिको बैठकको नियर्ण अनुसार तिन सदस्य समिति रहनेगरी नियुक्त गरिएको छ । महामन्त्रि प्रेमिलाल प्रसाद चौधरीको हस्ताक्षरित नियुक्त गरीएको अनुसार मानबहादुर चौधरी संयोजक,सदस्य सचिवमा रामराज चौधरी(सुनसरी) र सदस्यमा नेमनारायण सिंह थारु रहेका छन् । सदस्य पदाधिकारीहरुले बिधान अनुसारको बिपरित गतिबिधि गरेमा अनुशासन तथा जाँचबुझ समितिले प्रकृया अगाडी बढाउ सक्ने सदस्य सचिव रामराज चौधरीले जानकारी दिए । 


सभाको बिधान अनुसार सभा बिरुद्धको मुद्धामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सरिक भएमा,सभाबाट सञ्चालित ठेक्का पटा वा ब्यवसायमा हिसा लिएमा,कुनै साधारण गतिबिधि तथा घटनाको आधारमा कुनै पदाधिकारी वा सदस्यले पद अनुसारको आचरण नगरेको भए समितिले जाँचबुझ प्रकृया अगाडी बढाई कसुर ठहरेमा कार्वाहिकोलागी केन्द्रिय समितिमा प्रतिवेदन बुझाई सिफारिस गर्न सक्ने अधिकार रहेको छ ।  यस सम्बन्धमा कुनै किसिमका समस्या बाझिन पुगे केन्द्रिय कार्य समितिले गरेको निर्णयनै अन्तिम हुने छ भनि समेत बिधानमा उल्लेख रहेको छ ।

अनुशासन तथा जाँचबुझ समितिले केन्द्रिय देखि जिल्ला,इकाई,गाउँतह सम्म जाँच बुझ गर्न सकिने अधिकार रहेको छ । सदस्यहरुले बिधान बिपरित कार्यगर्दै छन् भने सर्वसाधारणबाट समितिमा उजुरी गर्न सकिने छन् । उजुरीको आधारमा समितिले प्रकृयागत रुपमा अगाडी बढाउने सदस्य सचिव रामराज चौधरीले जानकारी दिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu