थारु कला केन्द्रको प्रथम बार्षिक साधारणसभा सम्पन्न/अध्यक्षमा पुनः देवकृष्ण बिश्वास ।

Sunday, 16 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
थरुहट ड्टकम,,
मोरंग:= थारु कला केन्द्रको प्रथम बार्षिक साधारण सभा दुहबीको साह सेवा समिति भवनमा आज सम्पन्न भएको छ । कला केन्द्रका अध्यक्ष देवकृष्ण बिश्वासको अध्यक्षता भएको उक्त कार्यक्रमा बिश्वासले संगठनलाई अनुशासित र मर्यादित बनाउन र आगामी दिनमा सामाजिक सचेतनामुलक कार्यक्रम थारु समुदायमा गर्ने र केन्द्रको उद्धेश्य अनुरुप काम गर्ने बताउनुभयो । बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनको कार्ययोजनालाई सफल बनाउन सबैको साथ चाहिने बताउनु भयो ।

आज भएको कार्यक्रममा पहिलो कार्यक्रम मिस्टर एण्ड मिस थारु आइकन २०१९,सिजन-२ गर्ने लक्ष्य लिएकोमा, भाबी कार्यक्रम रक्तदान, नि:शुल्क स्वास्थ्य शिबिर, थारु वक्तित्व कला, कविता बाचन प्रतियोगिता गराउने आगामी आर्थिक बर्ष २०७६/०७७ मा लक्ष्य लिएको छ । थारु कला केन्द्रको अभिभावकत्व निर्वाह गर्नु हुने कला केन्द्रका प्रमुख सल्लाहकार सुची चौधरी र कानुनी सल्लाहकार अधिवक्ता मधुसुदन चौधरीलाई सम्मान समेत गरिएको थियो ।


कला केन्द्रले यस वर्ष नयाँ सदस्यता समेत प्रदान गरिएको छ भने जेष्ठ मसान्त सम्ममा ३२ जना थप सदस्य बिस्तार गरि १५ सदस्यीय मुल कार्यसमिति समेत साधारणसभाबाट सर्वसहमत चयन गरिएको छ। आगामी ४ वर्षका लागि पुन: अध्यक्ष पदमा देव कृष्ण बिश्वासलाई चयन गरिएको छ भने उपाध्यक्षमा बिएन चौधरी, सचिवमा एलएन गच्छदार, सह-सचिवमा सुर्यनारायण चौधरी, कोषाध्यक्षमा सुनीरा चौधरी र सदस्यहरु पार्वती गच्छदार, प्रयाग हजारी, पंकज चौधरी, कल्पना हजारी, सिवानी चौधरी, तेजेन्द्र बिश्वास, प्रसान्त चौधरी, देवदत चौधरी, बिपत बिश्वास, कृष्ण चौधरीलाई सम्मानित हलले सर्वसहमत पारित गरि चयन गरिएको छ भने बरिष्ठ सल्लाहकारमा प्रवलदिप बिश्वासलाई चयन गरिएको छ ।

नयाँ कार्यसमितिलाई केन्द्रका प्रमुख सल्लाहकार तथा महिला अभियन्ता सुची चौधरीले अबिर टिका लगाएर बधाई तथा सफलता शुभकामना दिनुभयो । हरेक कार्यक्रम सफल बनाउन आर्थिक, नैतिक र भौतिक रुपमा साथ दिदै प्रमुख अभिभावकको रुपमा अग्रणी भूमिका निर्वाह गर्दै पाइला पिच्छै मार्गदर्शन दिनुभएको छ भने केन्द्रले एउटा असल अभिभावक समेत पाएको महसुस गरेको छ ।

त्यसैगरि स्थापना कालदेखि अहोरात्र सुमार्ग तर्फ अगाडी बढाउदै आउनु भएका सम्मानित व्यक्ति कानुनि सल्लाहकार तथा अधिवक्ता मधुसुदन चौधरीले थारु कला केन्द्रले गरेको कामको उच्च मुल्यांकन गर्दै यस संगठन प्रति आघात माया रहेको बताउनु भयो । आगामी दिनमा कार्यालय व्यवस्थापन र आयोजना गरिने कार्यक्रममा नैतिक, आर्थिक र भौतिकरुपमा समेत योगदान रहने बताउनु भयो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu