रामधुनीका दलित महिलाहरुलाई नेतृत्व,क्षमता बिकास संगै अधिकार सम्बन्धि तालिम

Sunday, 9 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी,,
झुम्का:=नेतृत्व तह सम्म पहुचकालागी रामधुनीका दलित महिलाहरुलाई नेतृत्व,क्षमता,अधिकार सम्बन्धि तालिम दिएको छ । नगरपालिकाको सहयोगमा सर्वपक्षिय दलित सञ्जाल नगर समितिले दुई दिन तालिम दिदै सनिवार सम्पन्न गरेको हो । 

सम्बिधानमा उल्लेखित तथा कानुनि रुपमा मान्यता रहेको अधिकारहरुको बारेमा जानकारी दिएको  हो । दलित महिलाहरुमा नेतृत्व बिकासकालागी मञ्चिय बोल्ने कला,मन्तबय दिने कला लगायतका तालिम  दिएको हो । दलित महिलाहरु पछाडी परेकाले उनीहरुलाई अगाडी बढाउन तालिमको उधेश्य रहेको आयोजकले जानकारी दिए । 


नगरसमितिको अध्यक्ष रामकुमार मोचिको सभापतित्वमा तालिम समापन कार्यक्रममा उपमेयर सबिना चौधरीले तालिमबाट प्राप्त उपलब्धि ब्यबहारिक रुपमा उतार्नु पर्ने बताईन् । तालिमले हक अधिकार प्रभावकारी रुपमा उठान गर्न सकिने भन्दै दलित महिलाहरु पनि अबका दिनहरुमा हरेक क्षेत्रमा ध्यान दिनु पर्ने उल्लेख गरिन् । त्यसैगरी तालिमबाट धेरैजनाको मासमा बोल्ने उपलब्धि,अधिकारका बारेमा जानकारी भएको तालिममा सहभागी भएकी लक्ष्मि बिकले बताईन् ।

तालिम दुई दिन दलित अधिकार कर्मि डिबि साह संकर र मनोज बिश्वकर्माले सहजिकरण गरेको आयोजकले बताए । तालिममा ४५ जनाको सहभागीता रहेको समितिका अध्यक्ष मोचिले जानकारी दिए । तालिम समापनमा वडा नं. ३ का वडा अध्यक्ष राजकुमार चौधरी,कार्यपालिका सदस्य सर्मिला बि.क.को उपस्थिती रहेको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu