सुनिल चौधरी,,
झुम्का:=सुनसरीको सहकारी संस्था बिकासकालागी बुधवार ईटहरीमा अन्तक्रिया भएको छ । राष्ट्रिय सहकारी बैंक र सदस्य सहकारी संघ ÷ संस्थाबिच समस्या सामाधानबारे छलफल भएको हो ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड ईटहरी शाखाका उपसमिति संयोजक सोमबहादुर श्रेष्ठको सभापतित्वमा भएको छलफलमा सुनसरीका अगुवा सहकारी कर्मिहरुले सुझात्मक समस्याहरु बारेमा जानकारी दिएका छन् । बैकबाट सहकारीलाई दिने ऋणमा सहुलियत ब्याजदरमा उपलब्ध गराउनु पर्ने सुझाव दिएका छन् । संस्थालाई बिना धितो ऋण उपलब्धता,दिएको सुबिधाको अनुगमन हुनु पर्ने र बचत संकलन गर्ने केन्द्र स्थापना गर्नु पर्ने दुहबिका सहकारी कर्मि महेश कुमार माझिले माग गरे ।
सहकारी बैंकले लघुबित्त कर्जा दिए संगै युवा स्वरोजगार,पशु बिकास,सोलार कर्जाहरुपनि प्रवाह हुनुपर्ने सुझाव रामधुनीका सहकारी कर्मि दोस्तिराम चौधरीले सुझाव राखेका थिए । बैंकले प्रवद्र्धन गर्ने खालका कार्यक्रमहरु ल्याउनु पर्ने जिल्ला सहकारी संघ सुनसरी अध्यक्ष दामोदर कोईरालाले माग उठान गरेका थिए । त्यसैगरी छलफलमा सहकारीको योजना मुखि कार्यक्रमहरु लक्षित समुदाय सम्म पुग्न नसकेकोले ध्यान दिन आवश्यक रहेको राष्ट्रिय सहकारी महा संघ संयोजक शिव डागीले बताए ।
छलफलमा सुनसरीका ६५ जना सहकारी संंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । सहकारी संस्था बिकास र प्रवद्र्धनाका सवालमा बिशेष दिएका थिए । यसैगरी बिहिवार उर्लावारी तथा ईलाम,दमकमा समेत सुझावहरु लिने आयोजकले जानकारी दिए ।

