लागू औषधको सेवनले मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ :- ट्राफिक प्रहरी निरीक्षक बिश्व बिजय ढकाल ।

Thursday, 27 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
कोल्हवी:= " नगरौ लागु औषधको सेवन,नफालौ अमुल्य जिवन " भन्ने मुल नाराका साथ ईलाका प्रहरी कार्यालय कोल्हवी र कोल्हवी नगरपालीकाको संयुक्त आयोजनामा भएको जनचेतना मुलक कार्यक्रम भब्य संम्पन भएको छ।

इलाका प्रहरी कार्यालय कोल्हवीको मेन गेट देखी पले कार्ड लियर निस्केका रयाली  लागु औषध नासा घरघरको दशा भन्दै कोल्हवी बजारलाई परिक्रमा र्गदै पुन कोण सभामा परिणत भएको हो। असार ११ गते बुधबारका दिन कोल्हवी नगरपालिका वडा न.१ मा अवस्थित ईलाका प्रहरी कार्यालय कोल्हवीको प्राङ्गणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक बिश्व बिजय ढकालको प्रमुख अथित्वमा तथा कोल्हवी नगरपालीकाका नगर प्रमुख भरत बहादुर भण्डारीको अध्यक्षतामा उक्त कार्याक्रम संम्पन भएको हो। कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक बिश्व बिजय ढकाल लागु औषध बाट मात्र ८० प्रतिशत मान्छे को अकालमै मृत्यु हुनेगरेको तथा लागु औषधको सेवनले गर्दा घरेलु हिंसा समेत बढदै गएको उनले बताउनु भयो। ढकालले लागु औषध दुई प्रकारको हुने भएको एउटा प्रकृतीबाट र अर्को मेडिसिन बाट उपलबध भइरहेको उहाको भनाइ रहेको छ।

लागु औषध बारे कानुनी प्रवधान, दुर्व्यसनमा लाग्ने कारण, र यसको सेवनबाट लाग्ने रोग को न्यूनीकरणको सम्बन्धमा विस्तृत जानकारी गराउनु भयो। त्यस्तै सोही कार्यक्रममा बोल्दै कार्यक्रमका सभाअध्यक्ष एवम कोल्हवी नगरपालीकाका नगर प्रमुख भरत बहादुर भण्डारीले आफनो गाउ घरमा पनि उत्पादन हुने नशालु घरेलु मदिराका कारण मान्छेहरुले नशाको कुल्तमा फसी अपराध जन्यकार्य गर्न बाध्य रहेको बताउनु भयो । 

उक्त कार्यक्रममा बिभिन्न वार्डका वाडा अध्यक्ष, जन्प्रतिनिधी ,ईलाका प्रशासन कार्यालयका प्रमुख ,उधोग वाणिज्य संघका अध्यक्ष, स्थानिय भद्र-भलादमी, बुधिजिवी,पत्रकार लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको सहजिकरण इलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक पुष्कर बोग्टीले गर्नु भएको थियो भने उक्त कार्यक्रममा ठाउँ -ठाउँमा झुन्दयाउनका लागि श्री अन्नपूर्ण कृषि सहाकारी संस्था लिमिटेड कोल्हवीले बोड उपलब्ध गराएको हो  भने उप्त बोड कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय शाखा निजगढका प्रहरी निरीक्षक बिश्व बिजय ढकाललाई एक समारोहका बिच उक्त बोड हस्तान्तरण गर्नु भएको थियो।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu