मलेरिया रोगको कारण मलेसियामा सन्तोष खड्काको निधन ।(Rip)

Saturday, 8 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
क्वालालम्पुर(मलेसिया):=मलेसियाको राजधानी क्वालालम्पुर स्थित कोतरायामा बिगत लामो समय देखि ब्यापार,व्यवसाय गर्दै आईरहेका जिल्ला मोरङका सन्तोष खड्काको आज असमायीक निधन भएको छ। 

कोतराया स्थित साईनो रेस्टुरेन्टका सञ्चालक खड्का जुन ३ तारिख देखि सामान्य बिरामी भएका थिए , भने जुन ६ तारिख मात्रै चेरास अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

खड्कालाई लामखुट्टेको टोकाईबाट मलेरिया लागेर ज्यान गएको भनी अस्पतालको डाक्टरले मृत घोषणा गरेका हुन । मृतकको शव हाल चेरासको हुकम अस्पतालमै रहेको र आवश्यक कागजी प्रक्रिया पूरा गरि नेपाल पठाउने तयारी भईरहेको नेपाली ब्याबसायी समाज मलेसियाका सचिब बिपिन राईले टेलीफोन मार्फत जानकारी गराउनु भयो ।

मलेसियामा अधिकतम् नेपाली कामदारहरुको लामखुट्टेको टोकाइबाट लाग्ने रोग मलेरियाका कारण मृत्युु हुने गरेको छ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu